। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिक नियुक्ति पाएकाहरूलाई नयाँ सरकारले हटाउनुअघि नै पद छाड्न सुझाव दिएका छन् । बुधबार फेसबुकमार्फत भण्डारीले जनताले पत्याएको बहुमतको सरकार बनिसकेकाले पद छाडेर स्वाभिमानी बन्न सुझाव दिएका हुन् ।
‘बहुमतको सरकार बनिरहेको छ । जोस र जाँगर छ । जनताले पत्याइसकेका छन्,’ भण्डारीले भनेका छन्, ‘विगतमा राजनैतिक नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि ।’
अब धेरै लामो सास नफेर्न पनि उनले सुझाव दिएका छन् । ‘अब लामो सास नफेर । सल्लाह पनि नखोज । ‘हटायो’ भन्ने शब्द आउन किन दिने ? नयाँका नजिर बन्न सक्दछ,’ उनले अगाडि लेखेका छन् ।
‘स्वाभिमान’ दौरा–सुरुवाल, कोट, पद, पैसा, निवास, गाडीले सुरक्षा दिएको लोभले बढाएको कर्तुत नभएको उनले बताएका छन् ।