। चालु आर्थिक वर्ष ८ महिनामा ५ लाख २५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
चालु आव २०८२/८३ साउनदेखि फागुन मसान्तसम्ममा ५ लाख २५ हजार ५ सय १३ जना वैदेशिक रोजगारीमा गएका हुन् । जसमा ४ लाख ६२ हजार २ सय १७ पुरुष र ६३ हजार २ सय ९६ महिला छन् । फागुनमा मात्रै ५२ हजार ९ सय ४३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।
त्यसरी श्रम स्वीकृति लिनेमा ८१ हजार ९ सय ५८ जनाले व्यक्तिगत श्रम स्वीकृति, १ लाख ८५ हजार २ सय २० जनाले संस्थागत (म्यानपावर) मार्फत श्रम स्वीकृति, २ लाख ५१ हजार ९ सय ८३ जनाले पुन: श्रम स्वीकृति लिएका हुन् ।
त्यस्तै ५ हजार ९ सय ९८ जना जीटुजी मार्फत दक्षिण कोरिया र इजरायल गएका छन् भने कागजविहीन रहेर विभिन्न देशमा काम गर्दै आएका ३ सय ५४ जनाले वैधानिकीकरण भएका हुन् ।