मुख्य समाचार
इरानी नेतृत्वले अमेरिकासँग भइरहेको भित्री वार्तालाई सार्वजनिक रूपमा स्वीकार गर्न डराइरहेको दाबी
इरानी नेतृत्वले अमेरिकासँग भइरहेको भित्री वार्तालाई सार्वजनिक रूपमा स्वीकार गर्न डराइरहेको दाबी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्वले अमेरिकासँग भइरहेको भित्री वार्तालाई सार्वजनिक रूपमा स्वीकार गर्न डराइरहेको दाबी गरेका छन्। एक चन्दा संकलन कार्यक्रम (फन्डरेजिङ डिनर) लाई सम्बोधन गर्दै ट्रम्पले इरानी अधिकारीहरूले अमेरिकासँग वार्ता भइरहेको तथ्य लुकाइरहेको टिप्पणी गरे।


बिबिसीका अनुसार ट्रम्पले इरानी नेताहरूको आधिकारिक भनाइलाई खण्डन गर्दै उनीहरू सम्झौताका लागि आतुर रहेको बताए। सम्बोधनका क्रममा उनले भने, 'इरानी नेताहरू जुनसुकै मूल्यमा पनि अमेरिकासँग सम्झौता गर्न चाहन्छन्, तर यो कुरा स्वीकार गर्न उनीहरूलाई डर छ।'


ट्रम्पले इरानी नेताहरूले वार्ताको कुरा लुकाउनुका पछाडि दुईवटा मुख्य कारण रहेको बताएका छन्। उनका अनुसार वार्ताको खबर सार्वजनिक भएमा आफ्नै जनताले विद्रोह गर्ने वा आक्रमण गर्ने उनीहरूको बुझाइ छ। त्यस्तै अर्काे कारण अमेरिकाले नै उनीहरूमाथि सैन्य कारबाही गर्ने हो कि भन्ने डरले पनि इरानी नेताहरू हच्किएका छन्।



इरानद्वारा अमेरिकी १५ बुँदे प्रस्ताव अस्वीकार

यसअघि अमेरिकाले मध्यपूर्वमा जारी तनाव कम गर्न र युद्धविरामका लागि १५ बुँदे प्रस्ताव अघि सारेको चर्चा चलेको थियो। तर, इरानले उक्त प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गरिदिएको छ।

इरानका विदेशमन्त्री अब्बास अरागचीले इरानी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अमेरिकाको सर्तमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन्। उनले भनेका छन्, 'इरानले युद्ध आफ्नै सर्तहरूमा मात्र अन्त्य गर्नेछ, अमेरिकाले दिएको योजनामा होइन।'

पछिल्लो समय इरान र अमेरिकाबीच प्रत्यक्ष वार्ता नभएको दाबी गरिए तापनि ट्रम्पको यो बयानले कूटनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। एकातिर अमेरिका सम्झौताको दबाब दिइरहेको छ भने अर्कोतिर इरानले आफ्नै सर्तहरूलाई प्राथमिकता दिइरहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...