मुख्य समाचार
इरानी नियोगले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग 'हर्मुज जलडमरू' बाट व्यावसायिक जहाजहरूको आवतजावतका लागि नयाँ सर्तहरू सार्वजनिक
इरानी नियोगले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग 'हर्मुज जलडमरू' बाट व्यावसायिक जहाजहरूको आवतजावतका लागि नयाँ सर्तहरू सार्वजनिक

: संयुक्त राष्ट्र संघका लागि इरानी नियोगले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग 'हर्मुज जलडमरू' बाट व्यावसायिक जहाजहरूको आवतजावतका लागि नयाँ सर्तहरू सार्वजनिक गरेको छ। इरानका अनुसार, अबदेखि 'गैर-शत्रुतापूर्ण' जहाजहरूलाई मात्र यस मार्गबाट प्रवेश अनुमति दिइनेछ, तर त्यसका लागि इरानी अधिकारीहरूसँग पूर्व-समन्वय अनिवार्य गरिएको बिबिसीले उल्लेख गरेकाे छ।


के छन् नयाँ सर्तहरू ?


इरानी नियोगले सामाजिक सञ्जाल 'एक्स' मार्फत जारी गरेको सन्देशमा भनिएको छ : जहाजहरू इरानविरुद्धको कुनै पनि आक्रामक गतिविधिमा संलग्न हुनु हुँदैन। इरानद्वारा घोषित सुरक्षा र बचाउ सम्बन्धी नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ। जहाजहरूले इरानी अधिकारीहरूसँग समन्वय गरी अनुमति लिनुपर्नेछ।


पछिल्ला केही दिनयता विभिन्न देश र कम्पनीहरूले आफ्ना जहाजहरूको सुरक्षित यात्राका लागि इरानसँग गोप्य रूपमा वार्ता गरिरहेका थिए। इरानको यो औपचारिक घोषणाले सोही अभ्यासलाई आधिकारिकता दिएको छ।

नेभिगेसन मार्गमा परिवर्तन

यस महिनाको सुरुदेखि चीन, भारत र पाकिस्तानका जहाजहरू सफलतापूर्वक हर्मुज जलडमरू पार गरिसकेका छन्। रोचक कुरा के छ भने, जहाजहरूले ओमान नजिकै रहेका दुईवटा साँघुरा 'ट्रान्जिट कोरिडोर' प्रयोग गर्नुको साटो उत्तरतर्फको मार्ग प्रयोग गरिरहेका छन्।

जहाजहरू'लारक टापुु'को उत्तरमा रहेको इरानी क्षेत्रीय जलक्षेत्र हुँदै अघि बढिरहेका छन्। यसले गर्दा इरानी अधिकारीहरूलाई त्यहाँको ट्राफिकमाथि पूर्ण निगरानी र नियन्त्रण राख्न सजिलो भएको छ।

ह्वाइट हाउसको १५-बुँदे शान्ति प्रस्ताव

अमेरिकी र इजरायली सञ्चारमाध्यमका अनुसार, ह्वाइट हाउसले पाकिस्तानमार्फत इरानलाई १५-बुँदे शान्ति योजना पठाएको छ। उक्त योजनामा 'हर्मुज जलडमरू'मा स्वतन्त्र जहाज चलाउन पाउनुपर्ने विषयलाई प्रमुखताका साथ उठाइएको छ।

यद्यपि, कुनै औपचारिक सम्झौता नभएसम्म इरानले यो रणनीतिक जलमार्गमा आफ्नो नियन्त्रण कायमै राख्ने स्पष्ट संकेत दिएको छ। विश्वको तेल आपूर्तिमा यो जलमार्गको भूमिका अत्यन्तै महत्वपूर्ण मानिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...