मुख्य समाचार
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज हुँदै
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज हुँदै

: प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज हुँदैछ। फागुन २१ गते भएको निर्वाचनमा निर्वाचित भएका सांसदको शपथ ग्रहण आज दिउँसो २ बजे तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।


उनका अनुसार शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। नवनिर्वाचित सांसदलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य एवम् कांग्रेस सांसद अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनेछन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरिसकेका छन्।


null



संसद सचिवालयका अनुसार नवनिर्वाचित सदस्यमध्ये ५४ जनाले मातृभाषामा शपथ लिने पत्र प्राप्त भएको छ। नवनिर्वाचित सदस्यलाई आफूले शपथ लिन चाहेको सम्बन्धित भाषामा शपथको बेहोरा अनुवाद गरी शपथ कार्यक्रमभन्दा अगाडि नै जानकारी गराउनुपर्ने प्रावधान छ।

लामिछानेको विषयमा दुई थरी तर्क

यता सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा खेपिरहेका चितवनबाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेले शपथ के गर्छन् चासोका साथ हेरिएको छ। सम्पत्ति शुद्धीकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसअघिको प्रतिनिधिसभामा उनी सांसद पदबाट निलम्बनमा परेका थिए।

महान्यायाधीवक्ताको कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएपनि मुद्धा विचाराधिन रहेकाले जेष्ठ सदस्य केसीलाई लामिछानेलाई शपथ ग्रहण गराउँछन्ग कि गराउँदैनन् भन्ने आम चासो छ। कानुनविद्हरु पनि शपथ ग्रहण विषयमा दुई थरी नै तर्क राखेका छन्। शपथ ग्रहण गर्न पाउने तर त्यसलगत्तै लामिछानेको पद निलम्बनमा जाने तर्क पनि कानुनविद्को रहेको छ। सांसद हुने तर सांसदको हैसियतका कार्यभार सम्हाल्न नपाउने भएकाले उनी मन्त्री नबन्ने तर्क गरिएको छ। आजै सर्वोच्च अदालतमा हेर्दाहर्दैमा उनको मुद्दाको पेशी पनि छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधिकरणहरूमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन र प्रतिवेदनको संख्या १ लाख ६२ हजार तीन सय चालीस र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका २ लाख ३४हजार २५३ गरी जम्मा ...
: नवलपुरको मध्यविन्दु नगरपालिकामा अटोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बुधबार बिहान मध्यविन्दु–६ टाँडीस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा स्थानीय ७५ वर्षीय दुर्गाप्रसाद पाठकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुधबार बिहान चोरमाराबाट हर्दियातर्फ जाँदै गरेको ग.प्र.०४–००१ ह ०५२६ नम्बरको अटोले बाटो काट्दै गरेका पाठकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते ...
: नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौंमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो। महाधिवेशनअन्तर्गत भौ ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ। यसअघि मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले भदौमा ...
: मुगुको सदरमुकाम गमगढीमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्दै आएका तीन जना मासु व्यापारीलाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक नवीनकुमार शाहीको कमाण्डमा खटिएको टोलीले गमगढीमा सञ्चालनमा रहेका तीन वटा मासु पसलमा छापा मार्दा मासु तयारी अवस्थामा राखिएका बाख्री र मासुसहित व्यवसायीहरूलाई नियन्त्रणमा लिएको हो । स्थानीय उपभोक्ताबाट ...
: सुनसरीको धरान उपमहानगरपालिकामा किशोरीलाई अपहरण गरी बलात्कार र लुटपाटको आरोपमा सिटी सफारी चालक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार चैत ६ गते बेलुका धरान उपमहानगरपालिका–५ घर भई हाल मोरङको सुन्दर हरैचा नगरपालिका–७ गोठगाउँस्थित मावली घर बस्दै आएकी १९ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार र लुटपाट गर्ने ...