मुख्य समाचार
अमेरिकाले विभिन्न मध्यस्थकर्ताहरूमार्फत इरानलाई सन्देश पठाउन सुरु
अमेरिकाले विभिन्न मध्यस्थकर्ताहरूमार्फत इरानलाई सन्देश पठाउन सुरु

: मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकाले विभिन्न मध्यस्थकर्ताहरूमार्फत इरानलाई सन्देश पठाउन सुरु गरेको छ। इरानका विदेशमन्त्री अब्बास अरागचीले पछिल्ला केही दिनदेखि अमेरिकाबाट निरन्तर सन्देशहरू आइरहेको खुलासा गरेका हुन्।


इरानी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री अरागचीले ती सन्देशहरू 'मित्रवत देशहरू' मार्फत प्राप्त भएको बताएका छन्। उनले भने, 'अमेरिकाले फरक–फरक मध्यस्थकर्ताहरू प्रयोग गरेर हामीलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छ।'


प्राप्त सन्देशहरूको जवाफमा इरानले आफ्नो स्पष्ट अडान र चेतावनी पठाएको अरागचीले जानकारी दिए। उनले यसलाई वार्ता वा कुनै सम्झौताको प्रयास नभएको स्पष्ट पारेका छन्।



उनले भनेका छन्, 'यो न त कुनै वार्ता हो, न कुनै लेनदेन, न त त्यस्तै कुनै अरु प्रक्रिया नै हो, इरानको अहिलेको नीति आफ्नो सुरक्षा गर्ने मात्र हो। तत्काल अमेरिकासँग कुनै पनि प्रकारको वार्ता गर्ने हाम्रो कुनै इरादा छैन।'

अरागचीले वर्तमान संकटका लागि इजरायललाई जिम्मेवार ठहर्‍याएका छन्। उनले यो इजरायलले सुरु गरेको लडाइँ भएको र यसको भारी मूल्य अमेरिकाका साथै मध्यपूर्वका सर्वसाधारणले चुकाउनुपरेको टिप्पणी गरे।

युद्ध अन्त्यका लागि अमेरिकाको यस अघि १५ बुँदे सम्झौताको खाका पाकिस्तानमार्फत इरानलाई हस्तान्तरण गरेको थियो। जुन प्रस्ताव इरानले सिधै अस्वीकार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...