: रसुवामा एक कन्टेनर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। पासाङल्हामु सडकको कालिकास्थानबाट धुन्चेतर्फ जाने क्रममा साँझ साँढे सातबजे ना ६ ख ५४९८ नं नम्बरको खाली कन्टेनर ग्राङजुङ डाडाँको भिरबाट खस्दा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक कालिका- १ राम्चेका ३९ वर्षीय पासाङ तामाङ र कालिका २ का २६ वर्षीय पेम्बा छोवाङ थोक्राकोत्रिशूली अस्पतालमा मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक अशोक थापाले बताए।