मुख्य समाचार
नक्कली सुनसहित प्रहरीले चार जनालाई नियन्त्रणमा
नक्कली सुनसहित प्रहरीले चार जनालाई नियन्त्रणमा

: नक्कली सुनसहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। चन्द्रपुर नगरपालिका ५ स्थित पुर्व-पश्चिम राजमार्गसङै रहेको जगत रिसोर्ट होटलमा छापा मार्दा नक्कली सुन जस्तो देखिने धातु बरामद गरेको हो।


प्रहरीले नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भई हाल भारत दार्जिलिङ बस्दै आएका ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर–१० का ३० वर्षीय अरबिन्द चौधरी, रौतहट बौधीमाई–६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल सिलिगुडीका ३० वर्षीय संजोक बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी,प्रहरी नायब उपरीक्षक बिष्णु प्रदीप बस्यालले जानकारी दिए । प्रहरीका अनुसार उनीहरूले उक्त नक्कली सुन प्रयोग गरी ठगी गर्ने योजना बनाएका थिए ।


उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा १० ग्राम सुन लेखिएको प्याकेटमा राखिएको पहेंलो रंगको नक्कली सुन जस्तो देखिने धातु ४ थान, थप गरी जम्मा ७ थान धातु बरामद गरिएको बस्यालले जानकारी दिए ।


त्यस्तै, घटनास्थलबाट ६ थान मोबाइल फोन र एक उपकरणसमेत बरामद गरिएको छ। नियन्त्रणमा लिइएकाहरूमा घटनाबारे थप अनुसन्धान भइरहेको बस्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधिकरणहरूमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन र प्रतिवेदनको संख्या १ लाख ६२ हजार तीन सय चालीस र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका २ लाख ३४हजार २५३ गरी जम्मा ...
: नवलपुरको मध्यविन्दु नगरपालिकामा अटोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बुधबार बिहान मध्यविन्दु–६ टाँडीस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा स्थानीय ७५ वर्षीय दुर्गाप्रसाद पाठकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुधबार बिहान चोरमाराबाट हर्दियातर्फ जाँदै गरेको ग.प्र.०४–००१ ह ०५२६ नम्बरको अटोले बाटो काट्दै गरेका पाठकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते ...
: नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौंमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो। महाधिवेशनअन्तर्गत भौ ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ। यसअघि मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले भदौमा ...
: मुगुको सदरमुकाम गमगढीमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्दै आएका तीन जना मासु व्यापारीलाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक नवीनकुमार शाहीको कमाण्डमा खटिएको टोलीले गमगढीमा सञ्चालनमा रहेका तीन वटा मासु पसलमा छापा मार्दा मासु तयारी अवस्थामा राखिएका बाख्री र मासुसहित व्यवसायीहरूलाई नियन्त्रणमा लिएको हो । स्थानीय उपभोक्ताबाट ...
: सुनसरीको धरान उपमहानगरपालिकामा किशोरीलाई अपहरण गरी बलात्कार र लुटपाटको आरोपमा सिटी सफारी चालक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार चैत ६ गते बेलुका धरान उपमहानगरपालिका–५ घर भई हाल मोरङको सुन्दर हरैचा नगरपालिका–७ गोठगाउँस्थित मावली घर बस्दै आएकी १९ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार र लुटपाट गर्ने ...