मुख्य समाचार
भदौ २३ र २४ गते घटेका घटनामा नेपाली सेनाको भूमिका प्रभावकारी नदेखिएको कार्की आयोगको प्रतिवेदनले निष्कर्ष
भदौ २३ र २४ गते घटेका घटनामा नेपाली सेनाको भूमिका प्रभावकारी नदेखिएको कार्की आयोगको प्रतिवेदनले निष्कर्ष

: जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते घटेका घटनामा नेपाली सेनाको भूमिका प्रभावकारी नदेखिएको कार्की आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ।


आयोगका अनुसार भदौ २३ गते संघीय संसद भवन परिसर वरपरको सुरक्षा अवस्थाले नियन्त्रण गुमाउन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू आदेश जारी गरी नेपाली सेनाको सहयोग मागेको थियो। स्थानीय प्रशासन ऐन, २०२८ अनुसार गम्भीर अशान्ति भएको अवस्थामा प्रमुख जिल्ला अधिकारीले सेनासहित सुरक्षा निकायको सहयोग लिनसक्ने व्यवस्था भए पनि उक्त दिन समयमै सेनाको प्रभावकारी सहयोग प्राप्त हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।


नेपाली सेनाका अनुसार सिंहदरबारस्थित नरसिंह दलबाट दिउँसो १२:४५ बजे नै टोली परिचालन गरिएको भए पनि प्रदर्शनकारीले अवरोध गरेपछि करिब ३:०० बजे मात्र संसद भवन परिसरमा प्रवेश सम्भव भएको थियो। तर, आयोगले सेनाले वैकल्पिक उपाय अपनाउनसक्ने अवस्था हुँदाहुँदै पनि सक्रियता नदेखाएको उल्लेख गरेको छ। प्रहरी अधिकारीहरूको भनाइमा सेनाले ट्रक अगाडि बढाउन वा पैदल रूपमा प्रवेश गर्न सक्ने विकल्प प्रयोग नगरी ‘एस्कर्ट’को प्रतीक्षा गरेको देखिएको छ।



भदौ २४ गते संसद भवन, सिंहदरबार र राष्ट्रपति भवन शीतल निवासमा भएको आगजनी र तोडफोडमा पनि सेनाको भूमिका निष्क्रियजस्तै रहेको आयोगको ठहर छ। विशेषगरी सिंहदरबार परिसरमा दोस्रो पटक प्रदर्शनकारी प्रवेश गर्दा सेना प्रभावकारी रूपमा प्रतिरोधमा उत्रिएको नदेखिएको सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानबाट पुष्टि भएको जनाइएको छ।

त्यस्तै शीतल निवास मा भएको आगजनीका क्रममा पनि सुरक्षार्थ खटिएको नेपाली सेनाले पर्याप्त प्रतिरोध गर्न नसकेको आयोगले औंल्याएको छ। नेपालको संविधानअनुसार राष्ट्रपति भवनको सुरक्षा नेपाली सेनाको जिम्मेवारी भए पनि प्रदर्शनकारीलाई रोक्न नसक्दा ऐतिहासिक संरचना र महत्वपूर्ण दस्तावेजमा क्षति पुगेको उल्लेख छ।

प्रधानमन्त्री निवास बालुवाटारमा पनि आक्रोशित भीड प्रवेश गर्दा सेनाले अन्य सुरक्षाकर्मीलाई पर्याप्त सहयोग नगरेको पाइएको छ। आयोगका अनुसार सुरक्षाको जिम्मेवारी लिएको सेनाले भीड नियन्त्रणमा अपेक्षित भूमिका निर्वाह गर्न सकेन, जसका कारण ठूलो भौतिक क्षति भएको थियो।

नेपाली सेनाले आफ्नो बचाउमा ‘मानव जीवनलाई सम्पत्तिभन्दा माथि राख्ने’ सिद्धान्तअनुसार अत्यधिक बल प्रयोग नगरेको जनाएको छ। सेनाका अधिकारीहरूले कर्फ्यू आदेश ढिलो जारी हुनु, ठूलो संख्यामा प्रदर्शनकारी सडकमा आइसकेपछि मात्र परिचालन हुनुजस्ता कारणले प्रभावकारी कारबाहीमा बाधा पुगेको दाबी गरेका छन्।

यसबीच आयोगले भदौ २३ र २४ गतेको घटनामा सुरक्षा समन्वय कमजोर हुँदा भीड नियन्त्रण असफल भएको र त्यसबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको निष्कर्ष निकालेको छ। तर, भाद्र २४ गते साँझपछि भने नेपाली सेनाले देशभर शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेलेको र थप क्षति हुनबाट जोगाएको विषयमा सकारात्मक टिप्पणी समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधिकरणहरूमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन र प्रतिवेदनको संख्या १ लाख ६२ हजार तीन सय चालीस र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका २ लाख ३४हजार २५३ गरी जम्मा ...
: नवलपुरको मध्यविन्दु नगरपालिकामा अटोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बुधबार बिहान मध्यविन्दु–६ टाँडीस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा स्थानीय ७५ वर्षीय दुर्गाप्रसाद पाठकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुधबार बिहान चोरमाराबाट हर्दियातर्फ जाँदै गरेको ग.प्र.०४–००१ ह ०५२६ नम्बरको अटोले बाटो काट्दै गरेका पाठकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते ...
: नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौंमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो। महाधिवेशनअन्तर्गत भौ ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ। यसअघि मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले भदौमा ...
: मुगुको सदरमुकाम गमगढीमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्दै आएका तीन जना मासु व्यापारीलाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक नवीनकुमार शाहीको कमाण्डमा खटिएको टोलीले गमगढीमा सञ्चालनमा रहेका तीन वटा मासु पसलमा छापा मार्दा मासु तयारी अवस्थामा राखिएका बाख्री र मासुसहित व्यवसायीहरूलाई नियन्त्रणमा लिएको हो । स्थानीय उपभोक्ताबाट ...
: सुनसरीको धरान उपमहानगरपालिकामा किशोरीलाई अपहरण गरी बलात्कार र लुटपाटको आरोपमा सिटी सफारी चालक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार चैत ६ गते बेलुका धरान उपमहानगरपालिका–५ घर भई हाल मोरङको सुन्दर हरैचा नगरपालिका–७ गोठगाउँस्थित मावली घर बस्दै आएकी १९ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार र लुटपाट गर्ने ...