मुख्य समाचार
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रतिवेदन प्रस्तुत
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रतिवेदन प्रस्तुत

: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्।


सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधिकरणहरूमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन र प्रतिवेदनको संख्या १ लाख ६२ हजार तीन सय चालीस र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका २ लाख ३४हजार २५३ गरी जम्मा मुद्दाको वार्षिक लगत ३ लाख ९६ हजार ५ सय ९३ कायम भएकोमा २ लाख ४७ हजार ३३ अर्थात् ६२ दशमलव २९ प्रतिशत मुद्दा फछ्यौट भएको छ।


एक लाख ४९ हजार ५ सय ६० मुद्दा बाँकी रहेका छन्। जुन गत वर्षको तुलनामा ८ दशमलव ४३ प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको छ भने पुराना बक्यौता मुद्दा गत वर्ष असार मसान्तसम्म १७ हजार ७ सय ५२ थान रहेकोमा उक्त संख्या २७ दशमलव ४४ प्रतिशतले घटी १२ हजार ८ सय ८० बाँकी छ।



सर्वोच्च अदालतमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन र प्रतिवेदनको संख्या १५ हजार ७ सय २८ र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका पन्ध्र हजार तेह्र गरी जम्मा मुद्दाको लगत ४० हजार ७ सय ४१ कायम भएकोमा सोमध्ये १६ हजार ६ सय ३४ अर्थात ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट भई २४ हजार एक सय सात मुद्दा बाँकी रहेको छ। जुन गत वर्षको तुलनामा ६ दशमलव ६९ प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको छ भने पुराना बक्यौता मुद्दा गत वर्ष असार मसान्तसम्म ११ हजार ९ सय ७७ थान रहेकोमा प्रतिवेदन वर्षमा उक्त संख्या २५ दशमलव २९ प्रतिशतले घटी ८ हजार ९ सय ४७ बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नवलपुरको मध्यविन्दु नगरपालिकामा अटोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बुधबार बिहान मध्यविन्दु–६ टाँडीस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा स्थानीय ७५ वर्षीय दुर्गाप्रसाद पाठकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुधबार बिहान चोरमाराबाट हर्दियातर्फ जाँदै गरेको ग.प्र.०४–००१ ह ०५२६ नम्बरको अटोले बाटो काट्दै गरेका पाठकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते ...
: नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौंमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो। महाधिवेशनअन्तर्गत भौ ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ। यसअघि मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले भदौमा ...
: मुगुको सदरमुकाम गमगढीमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्दै आएका तीन जना मासु व्यापारीलाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक नवीनकुमार शाहीको कमाण्डमा खटिएको टोलीले गमगढीमा सञ्चालनमा रहेका तीन वटा मासु पसलमा छापा मार्दा मासु तयारी अवस्थामा राखिएका बाख्री र मासुसहित व्यवसायीहरूलाई नियन्त्रणमा लिएको हो । स्थानीय उपभोक्ताबाट ...
: सुनसरीको धरान उपमहानगरपालिकामा किशोरीलाई अपहरण गरी बलात्कार र लुटपाटको आरोपमा सिटी सफारी चालक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार चैत ६ गते बेलुका धरान उपमहानगरपालिका–५ घर भई हाल मोरङको सुन्दर हरैचा नगरपालिका–७ गोठगाउँस्थित मावली घर बस्दै आएकी १९ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार र लुटपाट गर्ने ...
: जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते घटेका घटनामा नेपाली सेनाको भूमिका प्रभावकारी नदेखिएको कार्की आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ। आयोगका अनुसार भदौ २३ गते संघीय संसद भवन परिसर वरपरको सुरक्षा अवस्थाले नियन्त्रण गुमाउन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू आदेश जारी गरी नेपाली सेनाको सहयोग मागेको थियो। स्थानीय प्रशासन ऐन, २०२८ अनुसार गम्भीर ...