मुख्य समाचार
मुस्लिम समुदायले साक्षरता दर बढाउन देशब्यापी अभियान सञ्चालन गर्ने
मुस्लिम समुदायले साक्षरता दर बढाउन देशब्यापी अभियान सञ्चालन गर्ने

: मुस्लिम समुदायले साक्षरता दर बढाउन देशब्यापी अभियान सञ्चालन गर्ने भएको छ । जमीअत उलमा–ए नेपालले मुस्लिम समुदायका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यसहित देशव्यापी ‘शैक्षिक जागरण अभियान’ सञ्चालन गर्ने भएको हो ।


रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाले २०८२ चैत १५ गतेदेखि २०८३ वैशाख १५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको हो । संस्थाका केन्द्रीय अध्यक्ष मोहम्मद खालिद सिद्धकीले शिक्षा अभावका कारण मुस्लिम समुदाय मानव विकास सूचकांक, राजनीतिक पहुँच तथा आयआर्जनका क्षेत्रमा पछाडि परेको बताउँदै अभियानले शिक्षामा समान पहुँच विस्तार गर्दै समुदायको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।


पत्रकार सम्मेलनमा प्रस्तुत राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालको औसत साक्षरता दर ७६.२ प्रतिशत रहे पनि मुस्लिम समुदायको साक्षरता दर ६१.७ प्रतिशत मात्र रहेको छ । मुस्लिम महिलाको साक्षरता दर भने करिब ५० प्रतिशतमा सीमित रहेको तथ्याङ्कमा उल्लेख छ ।



संस्थाका सचिव मौलाना इजराइलले अभियानले शिक्षासम्बन्धी जनचेतना अभिवृद्धि, विद्यालय भर्ना दर वृद्धि, बीचैमा पढाइ छोड्ने दर न्यूनीकरण तथा शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने बताए । विशेष गरी मुस्लिम महिलाको साक्षरता दर बढाउन लक्षित कार्यक्रम आवश्यक भएकाले अभियान थालिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनमाथि एमालेका महासचिव शंकर पोखरेलले असन्तुष्टि जनाएका छन् । उनले कार्की आयोगको प्रतिवेदन निष्पक्ष नभएको बताएका छन् । महासचिव पोखरेलले कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएपछि त्यो निष्पक्ष छैन भन्ने यसअघिको धारणालाई पुष्टी गरेको बताएका हुन् । 'कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको ...
: कोशी प्रदेश सरकारले प्रशासनिक, सांस्कृतिक र विकाससँग सम्बन्धित विविध क्षेत्रलाई समेटेर विभिन्न निर्णयहरु गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षका सार्वजनिक बिदा निर्धारणदेखि लिएर विपद् प्रभावित संरचनाको पुनर्निर्माणका लागि बजेट व्यवस्थापनसम्मका विषयलाई समेट्दै छ वटा निर्णयहरू गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेशभित्रको सामाजिक, ...
: कोशी प्रदेश सरकारले प्रशासनिक, सांस्कृतिक र विकाससँग सम्बन्धित विविध क्षेत्रलाई समेटेर विभिन्न निर्णयहरु गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षका सार्वजनिक बिदा निर्धारणदेखि लिएर विपद् प्रभावित संरचनाको पुनर्निर्माणका लागि बजेट व्यवस्थापनसम्मका विषयलाई समेट्दै छ वटा निर्णयहरू गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेशभित्रको सामाजिक, ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणका लागि सिंहदरबार पुगेका छन्। उनी ‘सिलाम साक्मा’ लगाएर आफ्नै गाडीमा शपथ ग्रहण गर्न सिंहदरबारको नव निर्मित भवनको सभाहल पुगेका हुन्। उनी आफैं गाडी चलाएर दिउँसो २ बजे सिंहदरबार पुगेका हुन्। किरात सँस्कृतिमा सिलाम साक्मालाई शुभ संकेतका रूपमा लिइन्छ। यसले मृत्यु र अपसकुनको ...
— २३ भदौमा कर्फ्यु जारी हुनु अगावैदेखि चार घण्टासम्म प्रहरीबाट गोली चलेर हताहती बढिरहँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले त्यसलाई रोक्न पहल नगरेको निष्कर्ष २३ र २४ भदौको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले निकालेको छ । फिल्डबाट वास्तविक सुरक्षा स्थितिबारे जानकारी भइरहँदा पनि गोली प्रहार रोकेर वार्ता ...