मुख्य समाचार
इरानले आफ्नो एउटा रणनीतिक टापु कब्जा गर्ने योजना बनिरहेको भन्दै छिमेकी क्षेत्रीय राष्ट्रहरूलाई कडा चेतावनी
इरानले आफ्नो एउटा रणनीतिक टापु कब्जा गर्ने योजना बनिरहेको भन्दै छिमेकी क्षेत्रीय राष्ट्रहरूलाई कडा चेतावनी

: मध्यपूर्वमा सैन्य तनाव चरम सीमामा पुगेका बेला इरानले आफ्नो एउटा रणनीतिक टापु कब्जा गर्ने योजना बनिरहेको भन्दै छिमेकी क्षेत्रीय राष्ट्रहरूलाई कडा चेतावनी दिएको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर घालिबाफले 'इरानका शत्रुहरू' ले कुनै क्षेत्रीय देशको सहयोगमा टापु कब्जा गर्ने प्रयास गरे त्यसको परिणाम भयानक हुने बताए ।


सभामुख घालिबाफले कुनै देशको नाम नतोकी चेतावनी दिँदै भने, 'यदि कुनै क्षेत्रीय राष्ट्रले शत्रुलाई सहयोग गरेमा इरानले त्यस देशको महत्त्वपूर्ण पूर्वाधारहरूमा निरन्तर र भीषण आक्रमण गर्नेछ।' इरानी सुरक्षा बलले शत्रुको हरेक गतिविधिलाई नजिकबाट नियालिरहेको समेत उनले उल्लेख गरे।


यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि वार्ता भइरहेको दाबी गरिरहेको समयमा आएको हो। तर, तेहरानले भने कुनै पनि वार्ता नभएको बताएकाे छ।



यसैबीच ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानलाई हार स्वीकार गर्न चेतावनी दिएकी छिन्। उनका अनुसार यदि इरानले वास्तविकता बुझ्न सकेन भने राष्ट्रपति ट्रम्पले इरानमाथि अहिलेसम्मकै कडा प्रहार हुनेछ। यसैबीच, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले खाडी क्षेत्रमा करिब २,००० अमेरिकी प्याराट्रुपर्स र युद्धपोतहरू परिचालन गरिसकेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानको तेल निर्यातको मुख्य केन्द्र मानिने खर्ग टापुमा अमेरिकाको नजर रहेको आशंका गरिएको छ। इरानले यसमा संयुक्त अरब इमिरेट्स (UAE) ले सहयोग गर्न सक्ने सक्ने इरानको बुझाइ छ।

यदि इरानी भूमि वा टापुमा कुनै पनि सैन्य कारबाही भएमा इरानले लाल सागरको प्रवेशद्वार 'बाब अल-मन्डेब' जलडमरूमा नयाँ युद्ध मोर्चा खोल्ने र आवश्यक परेको खण्डमा शत्रुलाई सजाय दिन यमनका हुथी विद्रोहीहरूलाई परिचालन गर्ने तयारी गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...