मुख्य समाचार
इरानले आफ्नो एउटा रणनीतिक टापु कब्जा गर्ने योजना बनिरहेको भन्दै छिमेकी क्षेत्रीय राष्ट्रहरूलाई कडा चेतावनी
इरानले आफ्नो एउटा रणनीतिक टापु कब्जा गर्ने योजना बनिरहेको भन्दै छिमेकी क्षेत्रीय राष्ट्रहरूलाई कडा चेतावनी

: मध्यपूर्वमा सैन्य तनाव चरम सीमामा पुगेका बेला इरानले आफ्नो एउटा रणनीतिक टापु कब्जा गर्ने योजना बनिरहेको भन्दै छिमेकी क्षेत्रीय राष्ट्रहरूलाई कडा चेतावनी दिएको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर घालिबाफले 'इरानका शत्रुहरू' ले कुनै क्षेत्रीय देशको सहयोगमा टापु कब्जा गर्ने प्रयास गरे त्यसको परिणाम भयानक हुने बताए ।


सभामुख घालिबाफले कुनै देशको नाम नतोकी चेतावनी दिँदै भने, 'यदि कुनै क्षेत्रीय राष्ट्रले शत्रुलाई सहयोग गरेमा इरानले त्यस देशको महत्त्वपूर्ण पूर्वाधारहरूमा निरन्तर र भीषण आक्रमण गर्नेछ।' इरानी सुरक्षा बलले शत्रुको हरेक गतिविधिलाई नजिकबाट नियालिरहेको समेत उनले उल्लेख गरे।


यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि वार्ता भइरहेको दाबी गरिरहेको समयमा आएको हो। तर, तेहरानले भने कुनै पनि वार्ता नभएको बताएकाे छ।



यसैबीच ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानलाई हार स्वीकार गर्न चेतावनी दिएकी छिन्। उनका अनुसार यदि इरानले वास्तविकता बुझ्न सकेन भने राष्ट्रपति ट्रम्पले इरानमाथि अहिलेसम्मकै कडा प्रहार हुनेछ। यसैबीच, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले खाडी क्षेत्रमा करिब २,००० अमेरिकी प्याराट्रुपर्स र युद्धपोतहरू परिचालन गरिसकेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानको तेल निर्यातको मुख्य केन्द्र मानिने खर्ग टापुमा अमेरिकाको नजर रहेको आशंका गरिएको छ। इरानले यसमा संयुक्त अरब इमिरेट्स (UAE) ले सहयोग गर्न सक्ने सक्ने इरानको बुझाइ छ।

यदि इरानी भूमि वा टापुमा कुनै पनि सैन्य कारबाही भएमा इरानले लाल सागरको प्रवेशद्वार 'बाब अल-मन्डेब' जलडमरूमा नयाँ युद्ध मोर्चा खोल्ने र आवश्यक परेको खण्डमा शत्रुलाई सजाय दिन यमनका हुथी विद्रोहीहरूलाई परिचालन गर्ने तयारी गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...