मुख्य समाचार
प्रभावशाली ढङ्गले जनता र देशको हितमा संसदबाट आवाज उठाउने
प्रभावशाली ढङ्गले जनता र देशको हितमा संसदबाट आवाज उठाउने

: नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले प्रभावशाली ढङ्गले जनता र देशको हितमा संसदबाट आवाज उठाउने बताएका छन् । बिहीबार सपथ कार्यक्रममा सहभागी हुन सिंहदरबारमा पुगेका नेम्वाङले यसअघि जस्तै नयाँ संसदमा पनि प्रभावशाली ढङ्गले जनता र देशको हितमा आवाज उठाउने बताएका हुन् ।

उनले आफूहरु सत्तापक्ष–प्रतिपक्ष भन्दा पनि देश र जनताको हितको लागि काम गर्न जनताले पठाइकाले इमान्दार र निष्ठापूर्वक कार्य गर्ने धारणा राखे । त्यस्तै नेम्वाङले दलको नेता चयनकाबारे पार्टीमा छलफल नभए पनि आफूलाई प्रस्ताव गरे खुट्टा नकमाउने बताए । उनले आफूप्रतिको सद्भाव र शुभेच्छालाई निराश हुन नदिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनमाथि एमालेका महासचिव शंकर पोखरेलले असन्तुष्टि जनाएका छन् । उनले कार्की आयोगको प्रतिवेदन निष्पक्ष नभएको बताएका छन् । महासचिव पोखरेलले कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएपछि त्यो निष्पक्ष छैन भन्ने यसअघिको धारणालाई पुष्टी गरेको बताएका हुन् । 'कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको ...
: कोशी प्रदेश सरकारले प्रशासनिक, सांस्कृतिक र विकाससँग सम्बन्धित विविध क्षेत्रलाई समेटेर विभिन्न निर्णयहरु गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षका सार्वजनिक बिदा निर्धारणदेखि लिएर विपद् प्रभावित संरचनाको पुनर्निर्माणका लागि बजेट व्यवस्थापनसम्मका विषयलाई समेट्दै छ वटा निर्णयहरू गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेशभित्रको सामाजिक, ...

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणका लागि सिंहदरबार पुगेका छन्। उनी ‘सिलाम साक्मा’ लगाएर आफ्नै गाडीमा शपथ ग्रहण गर्न सिंहदरबारको नव निर्मित भवनको सभाहल पुगेका हुन्। उनी आफैं गाडी चलाएर दिउँसो २ बजे सिंहदरबार पुगेका हुन्। किरात सँस्कृतिमा सिलाम साक्मालाई शुभ संकेतका रूपमा लिइन्छ। यसले मृत्यु र अपसकुनको ...
— २३ भदौमा कर्फ्यु जारी हुनु अगावैदेखि चार घण्टासम्म प्रहरीबाट गोली चलेर हताहती बढिरहँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले त्यसलाई रोक्न पहल नगरेको निष्कर्ष २३ र २४ भदौको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले निकालेको छ । फिल्डबाट वास्तविक सुरक्षा स्थितिबारे जानकारी भइरहँदा पनि गोली प्रहार रोकेर वार्ता ...