मुख्य समाचार
त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि ७ विकेटको जित
त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि ७ विकेटको जित

: प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि ७ विकेटको जित दर्ता गरेको छ । तल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकीले ४९.४ ओभरमा अलआउट हुँदै २०९ रन बनाएको थियो ।


गण्डकीले दिएको २१० रनको विजयी लक्ष्य पछ्याएको आर्मीले ३४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । आर्मीको जितमा ओपनरद्वय विनोद भण्डारी र तृतराज दासले ११० रनको शतकीय साझेदारी गरेका थिए । विनोद भण्डारीले ५८ रनको अर्धशतकीय पारी खेले । अर्का ओपनर तृतराज दासले ५१ रनको पारी खेले ।

भिम सार्की र कुशल मल्लले चौथो विकेटको लागि पुन अविजित शतकीय साझेदारी गर्दै टिमको जित सुनिश्चित गरेका हुन् । भिम सार्की ५४ र कुशल मल्ल ४३ रनमा अविजित रहे । गण्डकीको लागि बलिङतर्फ सुवास भण्डारीले २ र कप्तान विपिन खत्रीले १ विकेट लिए ।
त्यसअघि, ब्याटिङ गरेको गण्डकीको लागि अर्जुन कुमालले १०२ बलमा ४ चौका र १ छक्कासहिहत ६७ रनको अर्धशतकीय पारी खेले ।

बंश क्षेत्रीले १०, सिविन श्रेष्ठले १४, दिपक डुम्रेले ४५ बलमा ३ चौका र २ छक्कासहित ५१ रनको अर्धशतकीय पारी खेलेका हुन् । सन्देश पन्थीले १३ रन बनाउँदा कृष्ण पौडेलले १७ रन बनाए। सुवास भण्डारी १० रनमा अविजित रहे ।

त्रिभुवन आर्मीको लागि आकाश चन्द र साहब आलमले ३–३ विकेट लिए । कुशल मल्लले २ विकेट लिए । गण्डकी प्रदेश र त्रिभुवन आर्मी दुवैको प्रतियोगितामा दोस्रो खेल थियो । पहिलो खेलमा आर्मीले नेपाल पुलिसलाई २२ रनले हराएको थियो । गण्डकी प्रदेशले भने पहिलो खेलमा बागमती प्रदेशसँग १७० रनको हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम