मुख्य समाचार
साउदीमा म्याद सकिएकालाई अप्रिल १८ सम्म सुविधा, सिधै फर्किन पनि पाउने
साउदीमा म्याद सकिएकालाई अप्रिल १८ सम्म सुविधा, सिधै फर्किन पनि पाउने

— साउदी अरबले आवासीय अनुमतिपत्रको म्याद सकिएकालाई राहत दिने निर्णय गरेको छ । त्यहाँको गृह मन्त्रालयले क्षेत्रीय परिस्थितिका कारण समयमै देश छाड्न नसकेका विदेशीहरूको अवस्था व्यवस्थापन गर्न विशेष व्यवस्था लागू गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार फेब्रुअरी २५, २०२६ सम्म म्याद सकिएका सबै प्रकारका भिसा—भिजिट, उमरा, ट्रान्जिट तथा फाइनल एग्जिट—धारकलाई दुई विकल्प दिइएको छ ।

पहिलो, कम्पनीको अनुरोधमा अवसेर प्लेटफर्ममार्फत तोकिएको शुल्क तिरेपछि अप्रिल १८, सम्मका लागि भिसा नवीकरण गर्न सकिनेछ ।

दोस्रो, भिसा नथपाईकनै कुनै शुल्क वा जरिवाना नतिरी सिधै अन्तर्राष्ट्रिय नाकाबाट स्वदेश फर्किन सकिने सुविधा दिइएको छ ।

गृह मन्त्रालयले यो व्यवस्था साउदी नेतृत्वको निर्देशनअनुसार लागू गरिएको जनाएको छ । पछिल्लो समय क्षेत्रीय तनावका कारण धेरै विदेशी कामदार तथा आगन्तुकहरू निर्धारित समयमा स्वदेश फर्किन नसकेको सन्दर्भमा यो निर्णय गरिएको हो ।

मन्त्रालयले भनेको छ, 'यो सुविधा लिएका व्यक्तिहरूले अनिवार्य रूपमा अप्रिल १८ भित्र साउदी छाड्नुपर्नेछ । अन्यथा, भिसा म्याद उल्लंघन गर्नेहरूविरुद्ध लागू कानुनअनुसार कारबाही गरिनेछ ।'

यस निर्णयले साउदीमा रहेका नेपालीसहित हजारौं विदेशी कामदार तथा आगन्तुकलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...