मुख्य समाचार
साउदीमा म्याद सकिएकालाई अप्रिल १८ सम्म सुविधा, सिधै फर्किन पनि पाउने
साउदीमा म्याद सकिएकालाई अप्रिल १८ सम्म सुविधा, सिधै फर्किन पनि पाउने

— साउदी अरबले आवासीय अनुमतिपत्रको म्याद सकिएकालाई राहत दिने निर्णय गरेको छ । त्यहाँको गृह मन्त्रालयले क्षेत्रीय परिस्थितिका कारण समयमै देश छाड्न नसकेका विदेशीहरूको अवस्था व्यवस्थापन गर्न विशेष व्यवस्था लागू गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार फेब्रुअरी २५, २०२६ सम्म म्याद सकिएका सबै प्रकारका भिसा—भिजिट, उमरा, ट्रान्जिट तथा फाइनल एग्जिट—धारकलाई दुई विकल्प दिइएको छ ।

पहिलो, कम्पनीको अनुरोधमा अवसेर प्लेटफर्ममार्फत तोकिएको शुल्क तिरेपछि अप्रिल १८, सम्मका लागि भिसा नवीकरण गर्न सकिनेछ ।

दोस्रो, भिसा नथपाईकनै कुनै शुल्क वा जरिवाना नतिरी सिधै अन्तर्राष्ट्रिय नाकाबाट स्वदेश फर्किन सकिने सुविधा दिइएको छ ।

गृह मन्त्रालयले यो व्यवस्था साउदी नेतृत्वको निर्देशनअनुसार लागू गरिएको जनाएको छ । पछिल्लो समय क्षेत्रीय तनावका कारण धेरै विदेशी कामदार तथा आगन्तुकहरू निर्धारित समयमा स्वदेश फर्किन नसकेको सन्दर्भमा यो निर्णय गरिएको हो ।

मन्त्रालयले भनेको छ, 'यो सुविधा लिएका व्यक्तिहरूले अनिवार्य रूपमा अप्रिल १८ भित्र साउदी छाड्नुपर्नेछ । अन्यथा, भिसा म्याद उल्लंघन गर्नेहरूविरुद्ध लागू कानुनअनुसार कारबाही गरिनेछ ।'

यस निर्णयले साउदीमा रहेका नेपालीसहित हजारौं विदेशी कामदार तथा आगन्तुकलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...