मुख्य समाचार
मेटा र युट्युबलाई सामाजिक सञ्जालको लतसम्बन्धी मुद्दामा दोषी ठहर
मेटा र युट्युबलाई सामाजिक सञ्जालको लतसम्बन्धी मुद्दामा दोषी ठहर

— अमेरिकाको लस एन्जलस सुपेरियर अदालतको जुरीले ठूला सामाजिक सञ्जाल कम्पनी मेटा र युट्युबलाई सामाजिक सञ्जालको लतसम्बन्धी मुद्दामा दोषी ठहर गरेका छन् । पिडितलाई ६ मिलियन (६० लाख) अमेरिकी डलर क्षतिपूर्ति तिर्न प्लाटफर्मद्वयलाई आदेशसमेत दिएको छ । बुधबार आएको उक्त फैसलामा दुवै कम्पनीले आफ्ना प्लाटफर्मको डिजाइनमार्फत प्रयोगकर्तालाई जोखिममा पारेको र पर्याप्त चेतावनी नदिएको ठहर गरिएको हो ।

यस्तो मुद्दामा पहिलोपटक भएको जुरी ट्रायलले उक्त जरिवानामध्ये मेटाले ७० प्रतिशत र युट्युबले ३० प्रतिशत रकम तिर्नुपर्ने ठहर गर्दै ‘कम्पनीहरूको लापरबाही पीडितलाई हानि पुर्‍याउने प्रमुख कारक भएको’ निष्कर्ष निकालेको रोयटर्सले जनाएको छ ।

कम्पनीहरूविरूद्ध मुद्दा दायर गरेकी २० वर्षीया युवती, केलीले बाल्यकालमै युट्युब र इन्स्टाग्राम प्रयोग गर्न थालेपछि आफूमा डिप्रेसन र चिन्ताजस्ता समस्या बढेको दाबी गरेकी थिइन् । असीमित स्क्रोल र अटो-प्लेजस्ता फिचरले प्रयोगकर्तालाई लामो समयसम्म बाँधेर राख्नेगरी जानजान डिजाइन गरिएको पिडित युवतीका वकिलहरूले तर्क गरेका थिए । यसै मुद्दामा प्रतिवादी बनाइएका अन्य सामाजिक सञ्जाल कम्पनी टिकटक र स्न्यापच्याटले भने अदालतबाहिरै क्षतिपूर्तिको मिलापत्र गरेका थिए ।

सामाजिक सञ्जाल कम्पनीहरूले फैसलाको सम्मान गर्ने तर त्यसविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । मेटाले प्रयोगकर्ताको मानसिक स्वास्थ्य विभिन्न कारणले प्रभावित हुने तर्क गर्दै आफ्ना सुरक्षा उपायहरू बलियो रहेको उल्लेख गरेको छ । युट्युबले पनि आफ्ना प्लाटफर्म हानिकारक नभएको दाबी गरेको छ । यस मुद्दामा बयान दिन मेटाका प्रमुख मार्क जकरबर्ग र इन्स्टाग्रामका प्रमुख कार्यकारी अधिकृत एडम मोसेरी आफैँ अदालतमा उपस्थित भएका थिए । रोयटर्सका विश्लेषकहरूले यो निर्णयलाई ठूला प्रविधि कम्पनीहरूका लागि दुर्लभ कानुनी झट्का मानेका छन् । दुई ठूला कम्पनी विरुद्धको यस्तो फैसला प्रविधि उद्योगमा बढ्दो नियामकीय दबाबको संकेत भएको उनीहरूको मत छ । बीबीसीकी प्रविधि पत्रकार रेगन हेरिसले यसलाई ऐतिहासिक बताएकी छन् । 'आगामी जुनमा अर्को संघीय मुद्दामा सुनुवाइ हुँदै छ, आजको फैसला त सानो अंश मात्रै हो,' उनले भनेकी छन् ।

यो निर्णयले यस्तै प्रकृतिका हजारौँ समान मुद्दाहरूमा प्रभाव पार्ने अपेक्षा गरिएको छ । सामाजिक सञ्जालको लत र यसले पारेको नकारात्मक प्रभावबारे अमेरिकाको क्यालिफोर्निया राज्यमा मात्रै १६ सयभन्दा बढी उजुरीहरू दर्ता गरिएका छन् । संघीय अदालतहरूमा मेटालगायत कम्पनीहरू विरूद्ध २४ सयभन्दा बढी मुद्दा परेका छन् । युरोपका फ्रान्स, ईटाली, बेलायत, स्पेनलगायत युरोपेली संघमा पनि सामाजिक सञ्जालको नकारात्मक प्रभावसँगै बालबालिकाहरूमा पर्ने मनोवैज्ञानिक असरहरूबारे उजुरीहरू पर्न शुरू भएका छन् ।

यसै क्रममा मंगलबार मात्रै अमेरिकाको न्यु मेक्सिकोको जुरी ट्रायलले पनि मेटालाई आफ्ना प्लाटफर्ममा बालबालिकाहरूलाई संरक्षण गर्न असफल भएको भन्दै ३७५ मिलियन अमेरिकी डलर बराबरको जरिवाना तिर्न आदेश दिएको थियो । लस एन्जलस र न्यु मेक्सिकोका अदालतका यी निर्णयले ठूला प्रविधि कम्पनीलाई दीर्घकालीन कानुनी र आर्थिक जोखिममा पार्न सक्ने र भविष्यमा कडा नियमनको बाटो खोल्न सक्ने वाशिङ्टन पोस्टको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...