मुख्य समाचार
मेटा र युट्युबलाई सामाजिक सञ्जालको लतसम्बन्धी मुद्दामा दोषी ठहर
मेटा र युट्युबलाई सामाजिक सञ्जालको लतसम्बन्धी मुद्दामा दोषी ठहर

— अमेरिकाको लस एन्जलस सुपेरियर अदालतको जुरीले ठूला सामाजिक सञ्जाल कम्पनी मेटा र युट्युबलाई सामाजिक सञ्जालको लतसम्बन्धी मुद्दामा दोषी ठहर गरेका छन् । पिडितलाई ६ मिलियन (६० लाख) अमेरिकी डलर क्षतिपूर्ति तिर्न प्लाटफर्मद्वयलाई आदेशसमेत दिएको छ । बुधबार आएको उक्त फैसलामा दुवै कम्पनीले आफ्ना प्लाटफर्मको डिजाइनमार्फत प्रयोगकर्तालाई जोखिममा पारेको र पर्याप्त चेतावनी नदिएको ठहर गरिएको हो ।

यस्तो मुद्दामा पहिलोपटक भएको जुरी ट्रायलले उक्त जरिवानामध्ये मेटाले ७० प्रतिशत र युट्युबले ३० प्रतिशत रकम तिर्नुपर्ने ठहर गर्दै ‘कम्पनीहरूको लापरबाही पीडितलाई हानि पुर्‍याउने प्रमुख कारक भएको’ निष्कर्ष निकालेको रोयटर्सले जनाएको छ ।

कम्पनीहरूविरूद्ध मुद्दा दायर गरेकी २० वर्षीया युवती, केलीले बाल्यकालमै युट्युब र इन्स्टाग्राम प्रयोग गर्न थालेपछि आफूमा डिप्रेसन र चिन्ताजस्ता समस्या बढेको दाबी गरेकी थिइन् । असीमित स्क्रोल र अटो-प्लेजस्ता फिचरले प्रयोगकर्तालाई लामो समयसम्म बाँधेर राख्नेगरी जानजान डिजाइन गरिएको पिडित युवतीका वकिलहरूले तर्क गरेका थिए । यसै मुद्दामा प्रतिवादी बनाइएका अन्य सामाजिक सञ्जाल कम्पनी टिकटक र स्न्यापच्याटले भने अदालतबाहिरै क्षतिपूर्तिको मिलापत्र गरेका थिए ।

सामाजिक सञ्जाल कम्पनीहरूले फैसलाको सम्मान गर्ने तर त्यसविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । मेटाले प्रयोगकर्ताको मानसिक स्वास्थ्य विभिन्न कारणले प्रभावित हुने तर्क गर्दै आफ्ना सुरक्षा उपायहरू बलियो रहेको उल्लेख गरेको छ । युट्युबले पनि आफ्ना प्लाटफर्म हानिकारक नभएको दाबी गरेको छ । यस मुद्दामा बयान दिन मेटाका प्रमुख मार्क जकरबर्ग र इन्स्टाग्रामका प्रमुख कार्यकारी अधिकृत एडम मोसेरी आफैँ अदालतमा उपस्थित भएका थिए । रोयटर्सका विश्लेषकहरूले यो निर्णयलाई ठूला प्रविधि कम्पनीहरूका लागि दुर्लभ कानुनी झट्का मानेका छन् । दुई ठूला कम्पनी विरुद्धको यस्तो फैसला प्रविधि उद्योगमा बढ्दो नियामकीय दबाबको संकेत भएको उनीहरूको मत छ । बीबीसीकी प्रविधि पत्रकार रेगन हेरिसले यसलाई ऐतिहासिक बताएकी छन् । 'आगामी जुनमा अर्को संघीय मुद्दामा सुनुवाइ हुँदै छ, आजको फैसला त सानो अंश मात्रै हो,' उनले भनेकी छन् ।

यो निर्णयले यस्तै प्रकृतिका हजारौँ समान मुद्दाहरूमा प्रभाव पार्ने अपेक्षा गरिएको छ । सामाजिक सञ्जालको लत र यसले पारेको नकारात्मक प्रभावबारे अमेरिकाको क्यालिफोर्निया राज्यमा मात्रै १६ सयभन्दा बढी उजुरीहरू दर्ता गरिएका छन् । संघीय अदालतहरूमा मेटालगायत कम्पनीहरू विरूद्ध २४ सयभन्दा बढी मुद्दा परेका छन् । युरोपका फ्रान्स, ईटाली, बेलायत, स्पेनलगायत युरोपेली संघमा पनि सामाजिक सञ्जालको नकारात्मक प्रभावसँगै बालबालिकाहरूमा पर्ने मनोवैज्ञानिक असरहरूबारे उजुरीहरू पर्न शुरू भएका छन् ।

यसै क्रममा मंगलबार मात्रै अमेरिकाको न्यु मेक्सिकोको जुरी ट्रायलले पनि मेटालाई आफ्ना प्लाटफर्ममा बालबालिकाहरूलाई संरक्षण गर्न असफल भएको भन्दै ३७५ मिलियन अमेरिकी डलर बराबरको जरिवाना तिर्न आदेश दिएको थियो । लस एन्जलस र न्यु मेक्सिकोका अदालतका यी निर्णयले ठूला प्रविधि कम्पनीलाई दीर्घकालीन कानुनी र आर्थिक जोखिममा पार्न सक्ने र भविष्यमा कडा नियमनको बाटो खोल्न सक्ने वाशिङ्टन पोस्टको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...