मुख्य समाचार
ट्रम्पले इरानी नेताहरू अमेरिकासँग कुराकानी गरेको स्वीकार गर्न डराएकाे बताए
ट्रम्पले इरानी नेताहरू अमेरिकासँग कुराकानी गरेको स्वीकार गर्न डराएकाे बताए

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरू अमेरिकासँग कुराकानी गरेको स्वीकार गर्न डराएकाे बताएका छन्। एक 'फन्डरेजिङ डिनर'मा उनले यस्तो बताएका हुन्।

ट्रम्पले इरानी नेताहरूले अमेरिकासँग सबै किसिमका ‘डिल’ अस्वीकार गरेको र कुराकानी गर्न नचाहेको भन्ने भनाइको पनि खण्डन गरेका छन्।

इरानी नेताहरूको भनाइलाई खण्डन गर्दै उनले भने, ‘उनीहरू कुराकानी गरिरहेका छन्।’

ट्रम्पले थपे, ‘उनीहरू (इरान) कुनै पनि मूल्यमा सम्झौता गर्न चाहन्छन्। तर, उनीहरू यो भन्न डराइरहेका छन्। इरानका जनताले उनीहरूलाई मार्छन् भन्ने उनीहरूले ठानेका छन्।’

त्यस्तै, अमेरिकाले मार्छ भन्ने डर पनि उनीहरूलाई भएको ट्रम्पको भनाइ छ।

यसअघि अमेरिकातर्फबाट युद्धविरामका लागि १५ बुँदे प्रस्ताव इरानलाई पठाइएको चर्चा भएको थियो। यद्यपि, इरानले सम्झौताका लागि आफ्ना सर्त अघि सारेको थियो।

इरानको सरकारी टेलिभिजनका अनुसार अमेरिकाको युद्धविराम प्रस्ताव इरानले अस्वीकार गरेको बताइएको छ।

एक वरिष्ठ राजनीतिक–सुरक्षा अधिकारीलाई उद्धृत गर्दै इरान युद्ध आफ्नै सर्तमा अन्त्य गर्न चाहेको टिभीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...