मुख्य समाचार
२० वर्षीया युवतीले जितिन् मेटा र युट्युवविरुद्धको मुद्दा, भयो ३९ करोड क्षतिपूर्तिको आदेश
२० वर्षीया युवतीले जितिन् मेटा र युट्युवविरुद्धको मुद्दा, भयो ३९ करोड क्षतिपूर्तिको आदेश

: सामाजिक सञ्जालको लत हाम्रा लागि कति खतरनाक बन्दैछ ? मेटा र युट्युबविरुद्ध एक युवतीले जितेको मुद्दाले सोच्न वाध्य बनाएको छ । अमेरिकाको लस एन्जलसको एउटा अदालतले सामाजिक सञ्जालको लतका कारण बालबालिकाको मानसिक स्वास्थ्यमा पुग्ने असरलाई लिएर एक ऐतिहासिक फैसला सुनाएको छ ।


अदालतले इन्स्टाग्रामको मातृ कम्पनी ‘मेटा’ र युट्युबको मालिक ‘गुगल’ लाई एक युवतीलाई बाल्यकालमै सामाजिक सञ्जालको लतमा फसाएको र उनको मानसिक स्वास्थ्यमा क्षति पुर्‍याएकोमा दोषी ठहर गरेको छ । अदालतले ‘केली’ नामकी एक २० वर्षीया युवतीलाई ३० लाख अमेरिकी डलर (करिब ३९ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिएको छ । यो फैसलाले अमेरिकाका विभिन्न अदालतमा विचाराधीन सयौं यस्तै प्रकृतिका मुद्दाहरूका लागि ठूलो अर्थ राख्ने देखिएको छ ।


मेटा र गुगलको जिम्मेवारी

जुरीले यस क्षतिमा मेटालाई ७० प्रतिशत र युट्युबलाई ३० प्रतिशत जिम्मेवार ठह¥याएको छ । यसको अर्थ कूल क्षतिपूर्तिको अधिकांश हिस्सा मेटाले तिर्नु पर्नेछ । यसबाहेक, अदालतले ‘दण्डनात्मक क्षतिपूर्ति’ बारेमा निर्णय गर्न बाँकी छ, जुन राज्यको कानुन अनुसार ३ करोड डलरसम्म पुग्न सक्ने जनाइएको छ ।

मेटाका वकिलहरूले केलीको जीवनमा आएका समस्याहरूमा इन्स्टाग्रामको कुनै भूमिका नरहेको तर्क गरेका थिए । फैसलापछि मेटाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी यस फैसलाप्रति असहमति जनाउँछौँ र हाम्रा कानुनी विकल्पहरूको मूल्याङ्कन गरिरहेका छौं ।’ यता गुगलका प्रवक्ताले पनि फैसलाप्रति असन्तुष्टि जनाउँदै पुनरावेदन गर्ने बताएका छन् । उनले युट्युब एक जिम्मेवार ‘स्ट्रिमिङ प्लेटफर्म’ भएको र यसलाई सामाजिक सञ्जालको रूपमा बुझ्न नहुने दाबी गरे ।

के थियो केलीको व्यथा ?
केलीका वकिलहरूले अदालतमा मेटा र युट्युबले ‘लत लगाउने मेशिन’ बनाएको र बालबालिकालाई आफ्नो प्लेटफर्ममा पहुँच रोक्न असफल भएको तर्क गरेका थिए । केलीले आफू ६ वर्षको हुँदा युट्युब र ९ वर्षको हुँदा इन्स्टाग्राम प्रयोग गर्न सुरु गरेको बताएकी थिइन्।

उनले बयानमा भनिन्, ‘सामाजिक सञ्जालमा धेरै समय बिताउन थालेपछि मैले परिवारसँग बोल्न छाडें ।’ १० वर्षको उमेरदेखि नै उनमा चिन्ता र डिप्रेसनको समस्या देखिन थाल्यो । पछि उनलाई ‘बडी डिस्मोर्फिया’ (आफ्नो शारीरिक रूपलाई लिएर अत्यधिक चिन्तित हुने र ऐनामा आफूलाई नराम्रो देख्ने मानसिक अवस्था) को समस्या भयो । उनले आफ्नो नाक सानो र आँखा ठूलो देखाउने इन्स्टाग्राम फिल्टरहरूको प्रयोगमा आफू झुम्मिएको स्वीकार गरिन् ।


केलीले कुनै दिन त १६ घण्टासम्म लगातार इन्स्टाग्राम चलाउने गरेको खुलासा भयो । इन्स्टाग्रामका प्रमुख एडम मोगेरीले यसलाई ‘समस्याग्रस्त’ भने पनि ‘लत’ मान्न अस्वीकार गरे । मुद्दाको सुनुवाइका क्रममा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले १३ वर्षमुनिका बालबालिकालाई आफ्नो प्लेटफर्ममा अनुमति नदिने कम्पनीको नीति रहेको दाबी गरेका थिए । तर, कम्पनीका आन्तरिक दस्ताबेजहरूले मेटालाई साना बालबालिकाहरूले पनि एप प्रयोग गरिरहेको जानकारी भएको देखाएपछि उनी रक्षात्मक बनेका थिए ।

यस मुद्दामा सुरुमा ‘स्न्यापच्याट’ र ‘टिकटक’ लाई पनि प्रतिवादी बनाइएको थियो, तर उनीहरूले केलीसँग अदालत बाहिरै गोप्य सम्झौता गरिसकेका छन् । फोरेस्टरका रिसर्च डाइरेक्टर माइक प्रुलक्सले यो फैसलालाई सामाजिक सञ्जाल कम्पनीहरू र जनताबीचको सम्बन्धमा एउटा ‘ब्रेकिङ प्वाइन्ट’ (निर्णायक मोड) को रूपमा व्याख्या गरेका छन् । उनले भने, ‘सामाजिक सञ्जालप्रति वर्षौदेखि गुम्सिएको नकारात्मक भावना अब विष्फोट हुन थालेको छ ।’

केलीका वकिलहरूले यो फैसलाले बालबालिकाको सुरक्षाको सवालमा कुनै पनि कम्पनी जवाफदेहिताबाट उम्किन नसक्ने स्पष्ट सन्देश दिएको बताएका छन् । यो फैसला आएको एक दिनअघि मात्र न्यु मेक्सिकोको अदालतले पनि बालबालिकालाई यौनजन्य सामग्रीको जोखिममा पारेको भन्दै मेटालाई दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम