मुख्य समाचार
रुपन्देहीस्थित लुम्बिनी विकास कोष परिसरमा बिहीबार बिहान फैलिएको आगो निभाइएको छ
रुपन्देहीस्थित लुम्बिनी विकास कोष परिसरमा बिहीबार बिहान फैलिएको आगो निभाइएको छ

— रुपन्देहीस्थित लुम्बिनी विकास कोष परिसरमा बिहीबार बिहान फैलिएको आगो निभाइएको छ । कोष परिसरमा रहेको वन क्षेत्रमा बिहान साढे १० बजे सल्किएको आगो तीन घण्टापछि निभाइएको हो । जसले गर्दा परिसरमा रहेका महत्त्वपूर्ण संरचना जोगिएका छन् ।

सशस्त्र प्रहरी बलको लुम्बिनी बेसका प्रमुख डीएसपी पंकज पौडेलका अनुसार बिहान साढे १० बजे सल्किएको आगोले तीन सय बिघा वन क्षेत्रमा नोक्सान पुगेको छ । परिसरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नजिकै आगलागी भएको थियो । डीएसपी पौडेलले सम्पूर्ण सुरक्षा निकाय र स्थानीय सरोकारवालाको प्रयासले सम्मेलन केन्द्रसँगै पुस्तकालय र संग्रहालयमा क्षति हुनबाट जोगिएको बताए ।

उनका अनुसार आगो नियन्त्रणमा नेपाली सेना २५, सशस्त्र प्रहरी ३०, नेपाल प्रहरी १५, लुम्बिनी विकास कोषका १०, नगरपालिकाबाट १० जना आगो नियन्त्रणमा खटिएका थिए । आगो फैलिन नदिन जेसीभी प्रयोग गरेर बाटो बनाइएको डीएसपी पौडेलले बताए । उनका अनुसार एउटा दमकल र एम्बुलेन्ससमेत उपयोग गरिएको थियो । सबै निकायको संयुक्त प्रयासले आगो नियन्त्रण सम्भव भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सिंहदबारमा सांसदको शपथ लिएर सर्वोच्च अदालतबाट अवहेलना मुद्दामा तारिख बुझेका छन् । शपथ लिएपछि सोही पोसाकमै उनी सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाकाअनुसार काठमाडौं महानगरपालिकाको मेयरको रुपमा उनीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा आफैं उपस्थित हुनु भनि आदेश भएकाले उनी तारेख लिन ...
— विद्यालयको होस्टेलमा बस्दै आएका १४ वर्षीय बालकको मृत्यु घटनालाई आफन्तले 'शंकास्पद' भएको आरोप लगाएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्लिस बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएका १४ वर्षका धमेन्द्रकुमार साहको शनिबार मृत्यु भएको थियो । होस्टेल संचालकले ती बालकले आत्महत्या गरेकाे बताइरहेका छन् । मृतकका आफन्तले ढिलो गरी मात्रै परिवारजनलाई खबर गरेकाले ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल पूरा गरी बिहीबार गृह मन्त्रालयबाट बिदा भएका छन् । नवनिर्वाचित सांसदहरूले आजै पद तथा गोपनीयताको शपथ लिएसँगै भोलि नयाँ सरकार गठन हुने तयारीका बीच उनले पदबाट बिदा लिएका हुन् । मन्त्रालयमा योजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेन–जी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा ...
— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले आफूलाई कारबाहीका लागि गरेको सिफारिस अस्वीकार्य भएको बताएका छन् । आयोगको प्रतिवेदन सार्वजनिक भएको अर्को दिन औपचारिक रूपमा धारणा सार्वजनिक गर्दै उनले भदौ २३ मा करिब दुई दर्जन व्यक्तिको ज्यान गएको घटनामा तत्कालीन प्रधानमन्त्रीको हैसियतले आफ्नो संलग्नता पुष्टि ...
: राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता बालेन्द्र शाह (बालेन) चुनिएका छन्। पार्टी सभापति रवि लामिछानेले संसदीय दलको नेतामा बालेनलाई गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले बताए। निर्वाचनमा १८२ सिट जितेर एकल सरकार बनाउन लागेको रास्वपाका तर्फबाट बालेन प्रधानमन्त्री बन्दैछन्। उनले शुक्रबार १२:३४ मा प्रधानमन्त्री पदमा सपथ लिँदैछन्।