मुख्य समाचार
माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८२ मा रौतहट जिल्लाबाट १० हजार ८८ विद्यार्थी सहभागी हुने
माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८२ मा रौतहट जिल्लाबाट १० हजार ८८ विद्यार्थी सहभागी हुने

: चैत १९ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८२ मा रौतहट जिल्लाबाट १० हजार ८८ विद्यार्थी सहभागी हुने भएका छन् ।


शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले साधारण, प्राविधिक तथा ग्रेड वृद्धितर्फका गरी उक्त संख्यामा परीक्षार्थी सहभागी हुन लागेको जनाएको छ । जिल्लाका १०२ वटा सामुदायिक, २० वटा संस्थागत तथा ८ वटा प्राविधिक विद्यालयका गरी कुल १ सय ३० विद्यालयका विद्यार्थीका लागि ३९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।


कार्यालयका अनुसार परीक्षामा ५ हजार २ सय ७१ छात्र र ४ हजार ८ सय १७ छात्रा सहभागी हुनेछन् । यस्तै, प्राविधिकतर्फ २ सय ४९ र ग्रेड वृद्धितर्फ २ सय ४५ विद्यार्थीले परीक्षाम सहाभागी हुनेछ्न ।



परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन ३९ जना केन्द्राध्यक्ष खटाइने तयारी छ भने शिक्षा विकास तथा समन्वय इकाइका निमित्त इकाइ प्रमुख उपेन्द्र सिंहले परीक्षा निष्पक्ष, अनुशासित तथा पारदर्शी रूपमा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

परीक्षा केन्द्रमा अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा व्यवस्था मिलाइएको बताउदै सिंहले परीक्षाको मर्यादा विपरीत कार्य गर्ने जो–कोहीलाई कारबाही गरिने चेतावनी समेत दिएका छन् । चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सिंहदबारमा सांसदको शपथ लिएर सर्वोच्च अदालतबाट अवहेलना मुद्दामा तारिख बुझेका छन् । शपथ लिएपछि सोही पोसाकमै उनी सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाकाअनुसार काठमाडौं महानगरपालिकाको मेयरको रुपमा उनीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा आफैं उपस्थित हुनु भनि आदेश भएकाले उनी तारेख लिन ...
— विद्यालयको होस्टेलमा बस्दै आएका १४ वर्षीय बालकको मृत्यु घटनालाई आफन्तले 'शंकास्पद' भएको आरोप लगाएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्लिस बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएका १४ वर्षका धमेन्द्रकुमार साहको शनिबार मृत्यु भएको थियो । होस्टेल संचालकले ती बालकले आत्महत्या गरेकाे बताइरहेका छन् । मृतकका आफन्तले ढिलो गरी मात्रै परिवारजनलाई खबर गरेकाले ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल पूरा गरी बिहीबार गृह मन्त्रालयबाट बिदा भएका छन् । नवनिर्वाचित सांसदहरूले आजै पद तथा गोपनीयताको शपथ लिएसँगै भोलि नयाँ सरकार गठन हुने तयारीका बीच उनले पदबाट बिदा लिएका हुन् । मन्त्रालयमा योजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेन–जी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा ...
— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले आफूलाई कारबाहीका लागि गरेको सिफारिस अस्वीकार्य भएको बताएका छन् । आयोगको प्रतिवेदन सार्वजनिक भएको अर्को दिन औपचारिक रूपमा धारणा सार्वजनिक गर्दै उनले भदौ २३ मा करिब दुई दर्जन व्यक्तिको ज्यान गएको घटनामा तत्कालीन प्रधानमन्त्रीको हैसियतले आफ्नो संलग्नता पुष्टि ...
: राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता बालेन्द्र शाह (बालेन) चुनिएका छन्। पार्टी सभापति रवि लामिछानेले संसदीय दलको नेतामा बालेनलाई गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले बताए। निर्वाचनमा १८२ सिट जितेर एकल सरकार बनाउन लागेको रास्वपाका तर्फबाट बालेन प्रधानमन्त्री बन्दैछन्। उनले शुक्रबार १२:३४ मा प्रधानमन्त्री पदमा सपथ लिँदैछन्।