मुख्य समाचार
भरतपुर महानगरको विकास खर्च एक चौथाई मात्र
भरतपुर महानगरको विकास खर्च एक चौथाई मात्र

— चालु आर्थिक वर्षको दुई तिहाई समय अर्थात आठ महिना सकिँदा भरतपुर महानगरपालिकाले विकास बजेट (पुँजीगत खर्च)को एक चौथाई मात्र खर्च गर्न सकेको छ ।

महानगरले दोस्रो चौमासिक अवधिमा सम्पन्न गरेका योजना तथा कार्यक्रम र सेवा प्रवाहका बारेमा जानकारी दिन बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले पुँजीगत बजेट २ अर्ब ६० करोड ७७ लाख ६८ हजार ११९ रुपैयाँ रहेकोमा हालसम्म ६५ करोड ८५ लाख ८५ हजार ६७० रुपैयाँ खर्च भएको जानकारी दिए ।

जुन रकम पुँजीगत बजेटको २५ दशमलब २५ प्रतिशत हुन्छ । चालु बजेट २ अर्ब ५८ करोड ८९ लाख ४७ हजार ८८१ रहेकोमा ४९ दशमलब २ प्रतिशत खर्च भएको छ । ‘चालु आर्थिक वर्षका लागि अनुमानित बजेट ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ रहेकोमध्ये हालसम्म १ अर्ब ९३ करोड २३ लाख ६ हजार ६९८ रुपैयाँ खर्च भएको छ । यो बजेटको ३७ दशमलब १८ प्रतिशत मात्र खर्च हो,’ भारतीले भने । त्यसैगरी राजश्व तर्फ ३७ दशमलब ९२ प्रतिशत प्रगति भएको उनले जानकारी दिए ।

चालु आर्थिक वर्षमा महानगरले आन्तरिक राजश्वतर्फ ९३ करोड १५ लाख रुपैयाँ र विभाज्यतर्फ ८६ करोड ८५ लाख गरी १ अर्ब ८० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये फागुनसम्म आन्तरिकतर्फ ५२ दशमलब २१ प्रतिशत अर्थात ४८ करोड ६३ लाख १८ हजार ४४३ रुपैयाँ राजश्व संकलन भएको छ । विभाज्यतर्फ २२ दशमलब ६० प्रतिशत प्रगति भएको छ ।

महानगरको मुख्य तथा गौरवको आयोजनाका रुपमा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाको भौतिक प्रगति ४५ प्रतिशत पुगेको प्रमुख प्रशासकीय अधिकृत भारतीले जानकारी दिए । रंगशाला निर्माणमा ३४ करोड ८० लाख रुपैयाँ खर्च भएको छ । तर बागमती प्रदेश सरकारले दिने रकम हालसम्म पनि निकासा नभएको भारतीयले सुनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम