: अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएको छ। राष्ट्रिय खेलकुद परिषद् राखेपले एन्फालाई निलम्बन गरेको भन्दै बुधबार एक पत्र सार्वजनिक गरेको थियो।
उक्त पत्र एन्फाले बिहिबार प्राप्त गर्दा शुक्रबार तय भएको एन्फाको संघीय निर्वाचन स्थगित बनेको हो। झापामा निर्वाचन गर्नको लागि त्यसतर्फ प्रस्थान गरेको टोलीले राखेपकोबाट निलम्बन भएको पत्रपछि आगामी सूचना प्रकाशन नभएसम्मको लागि स्थगित भएको हो।