मुख्य समाचार
इरानले खाडी क्षेत्रमा युद्ध अन्त्य गर्न अमेरिकाले पठाएको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ
इरानले खाडी क्षेत्रमा युद्ध अन्त्य गर्न अमेरिकाले पठाएको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ

। इरानले खाडी क्षेत्रमा युद्ध अन्त्य गर्न अमेरिकाले पठाएको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ । तर जारी क्षेत्रीय द्वन्द्वलाई कम गर्न वार्ता गर्ने कुनै मनसाय नभएको उसले स्पष्ट पारेको छ ।

यो कुरा इरानका विदेशमन्त्री अब्बास अरघचीले बताएका हुन् । उनको यो भनाइले, आफ्ना मागहरू पूरा भएमा इरान युद्ध अन्त्यका लागि वार्ता गर्न तयार हुन सक्ने संकेत दिएको रोयटर्सले जनाएको छ ।

‘यो इरानको प्रारम्भिक नकारात्मक प्रतिक्रियाभन्दा फरक हो, किनकि यसअघि इरानी अधिकारीहरूले अमेरिकासँग वार्ताको सम्भावनालाई सार्वजनिक रूपमा अस्वीकार गरेका थिए,’ रोयटर्सले लेखेको छ ।

इरानका विदेशमन्त्रीले भने– इरान युद्ध चाहँदैन

राज्य टेलिभिजनसँग कुरा गर्दै इरानका विदेशमन्त्री अरघचीले अमेरिकाको प्रस्ताव इरानको उच्च नेतृत्वले विचार गरिरहेको बताएका छन् । तर प्रत्यक्ष संवादको कुनै सम्भावना उनले अस्वीकार गरे । ‘मध्यस्थमार्फत सन्देश आदानप्रदान हुनु भनेको अमेरिकासँग वार्ता गर्नु होइन,’ उनले भनेका छन् ।

उनले वासिङ्टनले विभिन्न मध्यस्थमार्फत सन्देश पठाइरहेको पुष्टि गरे, तर तेहरानले यसलाई औपचारिक संवादका रूपमा नहेरेको उनले स्पष्ट पारे । ‘सन्देशमार्फत केही प्रस्तावहरू आएका छन्, जुन उच्च निकायसम्म पुर्‍याइएको छ, आवश्यक परे उनीहरूले आधिकारिक धारणा सार्वजनिक गर्नेछन्,’ उनले भने ।

अरघचीले इरानले दीर्घकालीन द्वन्द्व नचाहेको तर आफ्नै सर्तमा स्थायी समाधान खोजिरहेको बताए । ‘इरान युद्ध चाहँदैन, यो द्वन्द्वको स्थायी अन्त्य चाहन्छ,’ उनले भने।

इरानले भन्यो– सम्झौतामा लेबनानलाई पनि समेट्नुपर्छ

समाचार एजेन्सी रोयटर्सका अनुसार, इरानले मध्यस्थहरूलाई कुनै पनि युद्धविराम सम्झौतामा लेबनानलाई पनि समेट्नुपर्ने बताएको छ ।

पाकिस्तानमार्फत इरान पठाइएको भनिएको ट्रम्पको १५ बुँदे प्रस्तावमा इरानको उच्च समृद्ध युरेनियम भण्डार हटाउने, युरेनियम संवर्धन रोक्ने, ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने र क्षेत्रीय सहयोगीहरूलाई दिइने आर्थिक सहयोग रोक्ने जस्ता विषय समेटिएको स्रोतहरूले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा आयोजित एक कार्यक्रममा इरानी नेताहरू वार्तामा संलग्न रहेको दाबी गरेका थिए । ‘उनीहरू सम्झौता गर्न चाहन्छन्, तर आफ्नै जनताबाट मारिने डरले खुला रूपमा भन्न डराइरहेका छन् । उनीहरू हामीबाट पनि डराइरहेका छन्,’ ट्रम्पले भनेका छन् ।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा सुरु भएको द्वन्द्व चौथो हप्तामा प्रवेश गरिसकेको छ, जसले होर्मुज जलडमरू (स्ट्रेट अफ होर्मुज) जलमार्ग हुँदै हुने व्यापारमा अवरोध पुर्‍याएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएपछि तनाव झनै बढेको हो ।

यसको जवाफमा इरानले खाडी क्षेत्रका विभिन्न देशहरूमा रहेका अमेरिकी र इजरायली लक्ष्यहरूमा आक्रमण गरेको छ, जसले जलमार्गमा थप अवरोध सिर्जना गर्नुका साथै अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व अर्थतन्त्रमा असर पारेको छ ।

ऊर्जा पूर्वाधारमा आक्रमण र स्ट्रेट अफ होर्मुजमा आवागमनमा प्रतिबन्धका कारण तेलको मूल्य बढेको छ, जसले अमेरिका र उसका सहयोगीमाथि समाधान खोज्ने दबाब बढाएको विभिन्न रिपोर्टहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...