मुख्य समाचार
इरानले खाडी क्षेत्रमा युद्ध अन्त्य गर्न अमेरिकाले पठाएको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ
इरानले खाडी क्षेत्रमा युद्ध अन्त्य गर्न अमेरिकाले पठाएको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ

। इरानले खाडी क्षेत्रमा युद्ध अन्त्य गर्न अमेरिकाले पठाएको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ । तर जारी क्षेत्रीय द्वन्द्वलाई कम गर्न वार्ता गर्ने कुनै मनसाय नभएको उसले स्पष्ट पारेको छ ।

यो कुरा इरानका विदेशमन्त्री अब्बास अरघचीले बताएका हुन् । उनको यो भनाइले, आफ्ना मागहरू पूरा भएमा इरान युद्ध अन्त्यका लागि वार्ता गर्न तयार हुन सक्ने संकेत दिएको रोयटर्सले जनाएको छ ।

‘यो इरानको प्रारम्भिक नकारात्मक प्रतिक्रियाभन्दा फरक हो, किनकि यसअघि इरानी अधिकारीहरूले अमेरिकासँग वार्ताको सम्भावनालाई सार्वजनिक रूपमा अस्वीकार गरेका थिए,’ रोयटर्सले लेखेको छ ।

इरानका विदेशमन्त्रीले भने– इरान युद्ध चाहँदैन

राज्य टेलिभिजनसँग कुरा गर्दै इरानका विदेशमन्त्री अरघचीले अमेरिकाको प्रस्ताव इरानको उच्च नेतृत्वले विचार गरिरहेको बताएका छन् । तर प्रत्यक्ष संवादको कुनै सम्भावना उनले अस्वीकार गरे । ‘मध्यस्थमार्फत सन्देश आदानप्रदान हुनु भनेको अमेरिकासँग वार्ता गर्नु होइन,’ उनले भनेका छन् ।

उनले वासिङ्टनले विभिन्न मध्यस्थमार्फत सन्देश पठाइरहेको पुष्टि गरे, तर तेहरानले यसलाई औपचारिक संवादका रूपमा नहेरेको उनले स्पष्ट पारे । ‘सन्देशमार्फत केही प्रस्तावहरू आएका छन्, जुन उच्च निकायसम्म पुर्‍याइएको छ, आवश्यक परे उनीहरूले आधिकारिक धारणा सार्वजनिक गर्नेछन्,’ उनले भने ।

अरघचीले इरानले दीर्घकालीन द्वन्द्व नचाहेको तर आफ्नै सर्तमा स्थायी समाधान खोजिरहेको बताए । ‘इरान युद्ध चाहँदैन, यो द्वन्द्वको स्थायी अन्त्य चाहन्छ,’ उनले भने।

इरानले भन्यो– सम्झौतामा लेबनानलाई पनि समेट्नुपर्छ

समाचार एजेन्सी रोयटर्सका अनुसार, इरानले मध्यस्थहरूलाई कुनै पनि युद्धविराम सम्झौतामा लेबनानलाई पनि समेट्नुपर्ने बताएको छ ।

पाकिस्तानमार्फत इरान पठाइएको भनिएको ट्रम्पको १५ बुँदे प्रस्तावमा इरानको उच्च समृद्ध युरेनियम भण्डार हटाउने, युरेनियम संवर्धन रोक्ने, ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने र क्षेत्रीय सहयोगीहरूलाई दिइने आर्थिक सहयोग रोक्ने जस्ता विषय समेटिएको स्रोतहरूले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा आयोजित एक कार्यक्रममा इरानी नेताहरू वार्तामा संलग्न रहेको दाबी गरेका थिए । ‘उनीहरू सम्झौता गर्न चाहन्छन्, तर आफ्नै जनताबाट मारिने डरले खुला रूपमा भन्न डराइरहेका छन् । उनीहरू हामीबाट पनि डराइरहेका छन्,’ ट्रम्पले भनेका छन् ।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा सुरु भएको द्वन्द्व चौथो हप्तामा प्रवेश गरिसकेको छ, जसले होर्मुज जलडमरू (स्ट्रेट अफ होर्मुज) जलमार्ग हुँदै हुने व्यापारमा अवरोध पुर्‍याएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएपछि तनाव झनै बढेको हो ।

यसको जवाफमा इरानले खाडी क्षेत्रका विभिन्न देशहरूमा रहेका अमेरिकी र इजरायली लक्ष्यहरूमा आक्रमण गरेको छ, जसले जलमार्गमा थप अवरोध सिर्जना गर्नुका साथै अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व अर्थतन्त्रमा असर पारेको छ ।

ऊर्जा पूर्वाधारमा आक्रमण र स्ट्रेट अफ होर्मुजमा आवागमनमा प्रतिबन्धका कारण तेलको मूल्य बढेको छ, जसले अमेरिका र उसका सहयोगीमाथि समाधान खोज्ने दबाब बढाएको विभिन्न रिपोर्टहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...