मुख्य समाचार
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाबाट ४ हजार २७५ जना विद्यार्थी सहभागी हुने
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाबाट ४ हजार २७५ जना विद्यार्थी सहभागी हुने

। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाबाट ४ हजार २७५ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका अनुसार नियमिततर्फ ३ हजार २२१ र ग्रेडवृद्धितर्फ एक हजार ५४ जना विद्यार्थी लेपरीक्षा दिनेछन् ।




चैत्र १९ गतेबाट सुरु हुने परीक्षामा यसपटक छात्रको संख्या छात्राभन्दा बढी देखिएको छ । कुल २ हजार १७४ छात्र सहभागी हुँदा छात्राको संख्या २ हजार १०१ मात्र रहेको छ । यसअनुसार छात्र संख्या ७३ जनाले बढी छ ।

प्राविधिक धारतर्फ जिल्लाका ६ विद्यालयबाट ११६ जना विद्यार्थी एसईईमा सहभागी हुनेछन् । त्यसैगरी, संस्कृत तथा वेदविद्याश्रम धारतर्फ १६ जना विद्यार्थी परीक्षा दिने तयारीमा छन् ।




जिल्लाभर ११ स्थानीय तहमा गरी २१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रत्येक केन्द्रमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक वा सहायक प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइने व्यवस्था गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यका अनुसार परीक्षा तयारीलाई तीव्र बनाइएको छ । केन्द्राध्यक्षसँग छलफल, केन्द्रको अनुगमन तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । टाढाका केन्द्रमा उत्तरपुस्तिका पुर्‍याइसकिएको र बाँकी केन्द्रमा क्रमशः पठाइँदैछ ।

जिल्लामा सबैभन्दा धेरै ५ वटा परीक्षा केन्द्र वालिङ नगरपालिकामा छन् भने पुतलीबजारमा ३ वटा केन्द्र तोकिएका छन् । भीरकोट, गल्याङ र चापाकोट नगरपालिकामा २/२ केन्द्र छन् भने कालीगण्डकी गाउँपालिकामा पनि २ केन्द्र छन् । अन्य गाउँपालिकामा भने १/१ केन्द्र राखिएको छ ।

गत वर्षको तुलनामा यस वर्ष विद्यार्थी संख्या घटेसँगै परीक्षा केन्द्र पनि घटाइएको छ । अघिल्लो वर्ष ४ हजार ९ सय ९२ विद्यार्थी सहभागी भएकोमा यस वर्ष ७ सय १७ जनाले कमी आएको हो । सोही आधारमा २५ बाट घटाएर २१ वटा मात्रै परीक्षा केन्द्र कायम गरिएको जनाइएको छ ।

कार्यालयका अनुसार न्यूनतम विद्यार्थी संख्या नपुगेका केन्द्रहरू खारेज गरिएका हुन् । यस वर्ष सामुदायिक विद्यालयतर्फ सबैभन्दा धेरै विद्यार्थी त्रिभुवन आदर्श मावि, पुतलीबजारमा रहेका छन् भने संस्थागततर्फ पायोनिअर्स मावि, वालिङमा बढी विद्यार्थी सहभागी हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदनमाथि आपत्ति जनाएका छन् । नेकपा एमालेका सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालयमा निर्देशन दिनेक्रममा उनले एमालेविरुद्ध हमला जारी रहेको बताएका हुन् । ‘हाम्राविरुद्ध हमला जारी छ । कार्की आयोग भन्ने एउटा आयोग बनाइएको थियो । सुरुमै हाम्रो पार्टीको १०औं केन्द्रीय कमिटीले आयोगका पदाधिकारीकाहरू ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विचार मात्रै संसद्मा बोल्न निर्देशन दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई मन लाग्यो बोलेँ भन्न नपाइने बताएका हुन् । ‘पार्टीका विचार त्यहाँ(संसद्मा) बोल्नुपर्छ । पार्टीले देशको विचार अघि बढाएको छ,’ ओलीले निर्देशन दिँदै भने, ‘ती भन्दाबाहेक मलाई यस्तो ...
। प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी रहेको बताएकी छन् । आज राष्ट्रको नाममा सम्बोधन गर्दै कार्कीले आफू धेरै आशा बोकेर बिदा हुन लागेको बताएकी हुन् । ‘६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ,’ उनले भनिन्, ‘अहिले म केही सन्तुष्टि र धेरै ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वका थुप्रै देशहरू त्रसित मनस्थितिमा रहेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले विश्व असाधारण अवस्थामा रहेको बताएका हुन् । ‘आज विश्वमा जे भइरहेको छ । असाधारण भइरहेको छ । यसलाई रोक्न प्रभारकारी कदमहरू चालिएको छैन,’ ओलीले भने, ‘राष्ट्रहरूको अस्तित्व संकटमा छन् । सार्वभौम ...
। प्रधानमन्त्री सुशीला कार्कीले पदबाट बिदा हुनु अघिल्लो दिन राष्ट्रको नाममा सम्बोधन गरेकी छन् । उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समयमा डर र अनिश्चय बीच सत्ता सम्हालेको स्मरण गरेकी छन् । उनले जेनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएकाहरूलाई सम्झिँदै भनेकी छन्, ‘आज म तपाईंहरू सामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ ...