मुख्य समाचार
सामाजिक सञ्जाल लतको मुद्दामा मेटा र युट्युब दोषी ठहर, ३० लाख डलर क्षतिपूर्ति आदेश
सामाजिक सञ्जाल लतको मुद्दामा मेटा र युट्युब दोषी ठहर, ३० लाख डलर क्षतिपूर्ति आदेश

। अमेरिकाको क्यालिफोर्निया राज्यको एक जूरीले सामाजिक सञ्जाल प्लेटफर्महरू मेटा र युट्युबलाई एक युवतीलाई जानीजानी लत लगाएको र उनको मानसिक स्वास्थ्यमा क्षति पुर्‍याएकोमा दोषी ठहर गरेको छ ।

मेटा र युट्युबले आफ्ना प्लेटफर्मका जोखिमहरूबारे प्रयोगकर्तालाई चेतावनी दिन असफल भएको र त्यसबाट प्रयोगकर्तालाई गम्भीर क्षति पुगेको ठहर गरेको हो ।

सीएनएनका अनुसार यो मुद्दा २० वर्षीया क्यालिफोर्नियाकी एक युवती (काल्पनिक नाम ‘केली’) र उनकी आमाले दायर गरेका थिए । उनीहरूले मेटा, युट्युब, टिकटक र स्न्याप इन्कविरुद्ध मुद्दा हालेका थिए । मुद्दामा ती कम्पनीहरूले बाल्यकालदेखि नै उनलाई आकर्षित गर्दै लत लगाएको र त्यसका कारण चिन्ता, शरीरप्रति असन्तुष्टि र आत्महत्यासम्बन्धी सोच विकसित भएको आरोप लगाइएको थियो । सुनुवाइअघि टिकटक र स्न्यापले भने मुद्दा मिलाइसकेको समाचारमा उल्लेख छ ।

मेटा र युट्युबलाई भने जूरीले कुल ३० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । युट्युबलाई ९ लाख डलर र मेटालाई २१ लाख डलर जरिवाना तिर्न जुरीले आदेश दिएको सीएनएनको समाचारमा उल्लेख छ । जूरीले यस घटनामा मेटा ७० प्रतिशत र युट्युब ३० प्रतिशत जिम्मेवार रहेको ठहर गरेको छ ।

सात हप्तासम्म चलेको सुनुवाइपछि जूरीले आठ दिनभन्दा बढी छलफल गरेर निर्णय सुनाएको हो । अदालतमा केलीले सामाजिक सञ्जालको लतले अहिले पनि आफ्नो दैनिक जीवन प्रभावित गरिरहेको, कामको समयमा समेत लुकेर फोन चलाउन बाध्य हुने गरेको र फिल्टर प्रयोग गरेर आफ्नो स्वरूप परिवर्तन गर्न घण्टौं बिताउने गरेको बयान दिएकी थिइन् ।

पुनरावेदनमा जाने तयारी

यस आदेशमा मेटा र युट्युब कम्पनीहरूले असहमति जनाउँदै पुनरावेदन गर्ने बताएका छन् । मेटाले किशोर मानसिक स्वास्थ्य जटिल विषय भएको र यसलाई एउटै एपसँग जोड्न नसकिने दाबी गरेको छ । युट्युबले भने आफू जिम्मेवार तरिकाले निर्माण गरिएको प्लेटफर्म भएको जनाएको छ ।

सीएनएनका अनुसार यो मुद्दा सामाजिक सञ्जाल कम्पनीविरुद्ध दायर भएका करिब १ हजार ५०० मध्ये पहिलोपटक पूर्ण सुनुवाइमा गएको हो । यसले आगामी अन्य मुद्दाहरूको नतिजामा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । लगातार यस्ता मुद्दामा हार बेहोरेमा यी कम्पनीहरूले अर्बौं डलर क्षतिपूर्ति तिर्नुपर्ने र आफ्नो प्लेटफर्ममा ठूला सुधार गर्नुपर्ने अवस्था आउन सक्छ ।

यसअघि न्यु मेक्सिकोमा पनि अर्को जूरीले मेटालाई बालबालिकालाई यौन अपराधीबाट जोगाउन असफल भएको भन्दै दोषी ठहर गरेको थियो ।

विशेषज्ञहरूका अनुसार यो निर्णय सामाजिक सञ्जालको इतिहासमा ‘टर्निङ प्वाइन्ट’ बन्न सक्छ । अभिभावक र अधिकारकर्मीहरूले लामो समयदेखि बालबालिकाको सुरक्षाका लागि कडा नियम आवश्यक रहेको बताउँदै आएका छन् । अब यो निर्णयपछि अमेरिकी संसदमा बालबालिका सुरक्षासम्बन्धी कानुन बन्ने दबाब बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम