मुख्य समाचार
पार्टीमा एकता कायम गर्न सबै तहको भूमिका जरुरी
पार्टीमा एकता कायम गर्न सबै तहको भूमिका जरुरी

। नेपाली कांग्रेसका नेता डा. प्रकाशरण महतले पार्टीमा एकता कायम गर्न सबै तहको भूमिका जरुरी रहेका बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यसमितिले १५औं महाधिवेशनको कार्यतालिका पारित गरेको भोलिपल्ट उनले एकता कायम गर्नका लागि सबै तहको भूमिका जरुरी रहेको बताएका हुन् ।

‘पार्टीको जिम्मेवारीमा रहनुभएका साथीहरूले विशिष्ठ चुनौतीपूर्ण अवस्थामा एकतामा जोडिने परिस्थिति निर्माणका लागि योगदान पुर्‍याउन सबै तहको भूमिका जरूरी छ,’ महतले भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘त्यस किसिमबाट पनि हामी आ–आफ्नो तहबाट भूमिका निर्वाह गर्न लागौं ।’

मानसिक र भौतिक रूपमा एकीकृत हुन नसके पार्टी बलियो हुन नसक्नेभन्दै उनले अहिलेको विशिष्ठ चुनौतीपूर्ण अवस्थामा झन् सम्भव नहुने जिकिर गरेका छन् ।

‘जबसम्म हामी मानसिक र भौतिक रूपमा एकीकृत हुन सक्दैनौं, यो पार्टी बलियो हुन सक्दैन,’ महतले भिडियोमा भनेका छन्, ‘अहिलेको जुन विशिष्ट चुनौतीपूर्ण अवस्थामा झन् सम्भव हुँदैन ।’

महतले पार्टीपंक्तिमा रहेको निराशाको अवस्थालाई आशामा रूपान्तरिक गर्न आवश्यक रहेको पनि बताएका छन् । ‘त्यसका लागि हामी फेरि एकजुट भएर जान जरूरी छ,’ उनले भनेका छन् ।

निवर्तमान प्रवक्तासमेत रहेका महतले पार्टीमा सहमतिको वातावरण निर्माणका लागि आफ्नो तहबाट हुने योगदान गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

‘सहमतिको वातावरण बनोस् । साझा सूत्रमा हामी जोडिन सकौं भन्नका लागि मेरो तहबाट हुने योगदान गर्न म तयार छु,’ उनले भने, ‘तर, त्यसमा सम्बन्धित पक्ष सबै साथीहरूले त्यही किसिमबाट सोच राख्न जरूरी छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन् । सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘प्रतिपक्षको भूमिकामा भएको हुनाले गुण र दोषका आधारमा सकारात्मक काममा हाम्रो सहयोगी भूमिका हुन्छ, त्यो हाम्रो ...
। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफूमाथि गरेको कारबाही सिफारिस निराधार रहेको प्रतिक्रिया दिएका छन् । बिहीबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूमाथि गरिएको फौजदारी अभियोगको सिफारिसमा न्यायिक आधार नै नभएको बताएका हुन् । ‘अहिले खासगरी नेकपा एमाले अध्यक्षका बारेमा, तत्कालीन प्रधानमन्त्रीका बारेमा फौजदारी अपराध संहिता २०७४ को दफा ...
। पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखाल नगरपालिका–२ शिवचोक घर भएका ५८ वर्षीय कृष्णप्रसाद दंगाल र चितवनको खैरहनी नगरपालिका–१० कि २८ वर्षीया सरिता गुनी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो । उनीहरुविरुद्ध धनुषा जिल्ला ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमा ‘सेटिङ गर्नुपर्छ’ भन्दै प्रतिव्यक्ति एक लाख रुपैयाँ दरले रकम उठाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । अध्यागमन विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोगमा लमजुङ घर भएका जगत गुरुङ नाम गरेका व्यक्तिलाई बुधबार पक्राउ गरिएको हो । लाजिम्पाटस्थित के एण्ड सी इन्टरनेशनल प्रालि मेनपावरबाट गुरुङलाई पक्राउ गरिएको अध्यागमन विभागका ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताएका छन् । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारीसहितको प्रतिनिधिमण्डलसँग बिहीबार साँझ भएको भेटमा उनले यस्तो बताएका हुन् । सभापति थापाले कांग्रेसले आफ्‌नो चुनावी घोषणा पत्रमा नेपाली मूलका नागरिकलाई समेट्ने प्रयास गरेको बताए । एएनकोका अध्यक्ष अधिकारीले ...