मुख्य समाचार
बालेनको ‘जय महाकाली’ ले २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड
बालेनको ‘जय महाकाली’ ले २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड

। प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले कीर्तिमान रचेको छ ।

बिहीबार बेलुका सार्वजनिक भएको यो गीतले २४ घण्टाभित्र युट्युबमा अहिलेसम्म सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड राखेको छ । शुक्रबार बिहान ७ बजेसम्म यो गीतलाई २१ लाख पटक हेरिएको छ ।

यसअघि २४ घण्टाभित्र युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड दुर्गेश थापा र सिसन बानियाँको कोल्याब गीत ‘जाने भए जाम माया’ सँग थियो । त्यो गीतलाई सोही अवधिससम्म १६ लाख ३६ हजार पटक हेरिएको थियो ।

दुर्गेशको उक्त गीतले विष्णु माझीको गीत ‘आइन आमा यो तीजमा’ को १५ लाख भ्यूजको रेकर्डलाई उछिनेको थियो । यतिबेला भने बालेनको यो गीतले केही घण्टाभित्रै अघिल्ला सबै रेकर्डलाई उछिनेको छ ।

शुक्रबार बेलुका ८ बजेतिर मात्र २४ घण्टा हुने भएकाले बालेनको यो गीतले भ्यूजमा उछाल ल्याउने पक्का छ । त्यतिञ्जेल अन्य धेरै रेकर्ड पनि रचिने सम्भावना देखिन्छ ।

रिलिज भएको ३ घण्टामै बालेनको यो गीतले सबैभन्दा छिटो १० लाख भ्यूज पाउने गीतको रेकर्ड रचिसकेको थियो । चुनाव मात्र होइन, युट्युबमा समेत बालेनको लहर देखिएको छ ।

‘जय महाकाली’ गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो । रि-मास्टरिङ गरेर यसलाई पुनः रिलिज गरिएको हो । चुनावी अभियानका दृश्य समेट्दै भिडियो तयार पारिएको छ ।

प्रधानमन्त्रीको सपथ लिनुको पूर्वसन्ध्यामा गीत रिलिज गरिएपछि गीतले निकै हाइप प्राप्त गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...