। खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएर डोटीमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकास्तानका करिब ५० वर्षीय काले नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
विहीबार राति आफ्नै घरमा खाना खाने क्रममा मासुको चोक्टा घाँटीमा अड्किई बेहोस भएका विष्टलाई आफन्तहरुले उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पुर्याएका थिए ।
चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।