मुख्य समाचार
स्वतन्त्र सांसद महावीर पुनले पद धारण गरेपछि जे–जे काम आइपर्छ त्यही गर्ने प्रतिक्रिया दिएका छन्
स्वतन्त्र सांसद महावीर पुनले पद धारण गरेपछि जे–जे काम आइपर्छ त्यही गर्ने प्रतिक्रिया दिएका छन्

। म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले पद धारण गरेपछि जे–जे काम आइपर्छ त्यही गर्ने प्रतिक्रिया दिएका छन् । बिहीबार सांसदको शपथ लिन सिंहदरबार पुगेका पूर्व शिक्षा मन्त्रीसमेत रहेका पुनले ‘विधायिकी अभ्यास कसरी गर्नुहुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा यस्तो जवाफ दिएका हुन् ।

‘अब जेजे आइपर्छ त्यही गर्ने । मेरो तरिका त्यही छ, जेजे आइपर्छ गर्ने, पछि नहट्ने,’ पुनले भने, ‘भविष्यमा केके आइपर्छ, केही थाहा छैन अहिले । भविष्यको कुरा कसैलाई थाहा हुँदैन, भगवान्लाई मात्र थाहा हुन्छ होला । भगवान्लाई पनि कुन्नी !’


त्यसैले अहिले नै आफू यो गर्छु, त्यो गर्छु केही नभन्ने उनले बताए । ‘मेरो भूमिका यो हुनेछ, त्यो हुनेछ भन्ने कुरा हुँदैन, राम्रो काम गर्ने भूमिका हुनेछ, ल,’ सांसद पुनले भने ।

शिक्षा मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दा आफूलाई टन्न सिकाइ भएको बताउँदै त्यो अहिले भनिसाध्य नभएको पुनले प्रतिक्रिया दिए । उनले भने, ‘खासगरी शिक्षामा राजनीतिकरण हटाउने । शिक्षामा भएको जुन राजनीतिकरण छ त्यसले विश्वविद्यालयको शिक्षा, विद्यालय शिक्षा बिगारेको छ त्यो सुधार्ने ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन् । सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘प्रतिपक्षको भूमिकामा भएको हुनाले गुण र दोषका आधारमा सकारात्मक काममा हाम्रो सहयोगी भूमिका हुन्छ, त्यो हाम्रो ...
। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफूमाथि गरेको कारबाही सिफारिस निराधार रहेको प्रतिक्रिया दिएका छन् । बिहीबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूमाथि गरिएको फौजदारी अभियोगको सिफारिसमा न्यायिक आधार नै नभएको बताएका हुन् । ‘अहिले खासगरी नेकपा एमाले अध्यक्षका बारेमा, तत्कालीन प्रधानमन्त्रीका बारेमा फौजदारी अपराध संहिता २०७४ को दफा ...
। पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखाल नगरपालिका–२ शिवचोक घर भएका ५८ वर्षीय कृष्णप्रसाद दंगाल र चितवनको खैरहनी नगरपालिका–१० कि २८ वर्षीया सरिता गुनी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो । उनीहरुविरुद्ध धनुषा जिल्ला ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमा ‘सेटिङ गर्नुपर्छ’ भन्दै प्रतिव्यक्ति एक लाख रुपैयाँ दरले रकम उठाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । अध्यागमन विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोगमा लमजुङ घर भएका जगत गुरुङ नाम गरेका व्यक्तिलाई बुधबार पक्राउ गरिएको हो । लाजिम्पाटस्थित के एण्ड सी इन्टरनेशनल प्रालि मेनपावरबाट गुरुङलाई पक्राउ गरिएको अध्यागमन विभागका ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताएका छन् । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारीसहितको प्रतिनिधिमण्डलसँग बिहीबार साँझ भएको भेटमा उनले यस्तो बताएका हुन् । सभापति थापाले कांग्रेसले आफ्‌नो चुनावी घोषणा पत्रमा नेपाली मूलका नागरिकलाई समेट्ने प्रयास गरेको बताए । एएनकोका अध्यक्ष अधिकारीले ...