मुख्य समाचार
‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो
‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो

जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ ।

ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । उसको कजिन डड्लीले उसलाई सताउँछ भने आमा पेटुनियाले उसको कपाल काट्दै ‘तँ विशेष होइनस्’ भन्छिन् । तर केही समयपछि ह्यारीलाई हग्वाट्र्सबाट आएको स्वीकृति पत्रले उसको जीवन बदलिन्छ ।

त्यसपछि ट्रेलरमा ह्याग्रिडले ह्यारीलाई जादुयी संसारबारे जानकारी दिँदै उसका दिवंगत आमाबुबाबारे केही संकेत दिन्छन् । आफ्नो सामान ट्रलीमा राखेर ह्यारी ढोकाबाट दौडिँदै हग्वाट्र्स एक्सप्रेस चढ्न पुग्छ ।

रेलमा चढ्ने क्रममा ह्यारीले रोनलाई आफ्नी आमासँग बिदाइ साट्दै गरेको देख्छ । त्यसपछि ह्यारी, रोन र हर्मायनी एउटै सिटमा बसेका हुन्छन्, जहाँ रोनले ह्यारीलाई सोध्छ, “के तिमी साँच्चै ह्यारी पोटर नै हौ ?’




ट्रेलरमा त्यसपछि तीनै जना हग्वाट्र्स घुमिरहेको दृश्य देखाइन्छ । ह्यारीले क्विडिच खेल्ने झाडू खोल्दै गरेको पनि देखिन्छ । साथै, डम्बलडोर, स्नेप, ड्राको माल्फोय, मिस्टर ओलिभान्डर र सर्टिङ ह्याटजस्ता पात्रहरूको झलक पनि छोटकरीमा देखाइएको छ ।

सिरिजमा डोमिनिक म्याकलफलिनले किशोर ह्यारी पोटरको भूमिका निर्वाह गरेका छन् भने रोन वीज्लीको रूपमा आलास्टेयर स्टाउट र हर्मायनी ग्रेन्जरको रूपमा अराबेला स्ट्यान्टन देखिनेछन् । उनीहरू तीनै जनाले हग्वाट्र्स स्कुल अफ विचक्राफ्ट एन्ड विजाड्र्रीका चुनौती पार गर्दै गहिरो मित्रता बनाउने र लर्ड भोल्डेमोर्टको बढ्दो खतरासँग जुध्नेछन् ।

यो सिरिज जेके रोलिङका उपन्यासलाई नजिकबाट पछ्याउँदै तयार गरिएको छ, जहाँ सात भागको कथालाई प्रत्येक सिजनमा एउटा पुस्तकका रूपमा प्रस्तुत गरिनेछ । दर्शकले जादुयी कक्षा कोठादेखि आकाशमा उड्ने क्विडिच मैदानसम्मका चर्चित दृश्य फेरि जीवन्त रूपमा देख्न पाउनेछन् ।

एचबीओले यसअघि सार्वजनिक गरेको पहिलो झलकमा ह्यारी ग्रिफिन्डोरको पोशाकमा क्विडिच मैदानतर्फ जाँदै गरेको देखाइएको थियो, जसले निर्माण टोलीले मूल कथाप्रति कत्तिको ध्यान दिएको छ भन्ने संकेत गर्छ ।

यो सिरिज बेलायतको वार्नर ब्रदर्स स्टुडियो लिभ्स्डेनमा छायांकन गरिएको हो । शो रनरका रूपमा फ्रान्सेस्का गार्डिनर छन् भने ‘सक्सेसन’का निर्देशक मार्क माइलोडले पनि केही एपिसोड निर्देशन गरेका छन् । कार्यकारी निर्मातामा रोलिङ, निल ब्लेयर, रुथ केनली-लेट्स र डेभिड हेयम्यान छन् ।

‘ह्यारी पोटर’ सिरिजले नयाँ पुस्ताका साथै पुराना फ्यानलाई पनि फेरि एकपटक जादुयी संसारमा फर्किने अवसर दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अभिनेत्री तथा भाजपा सांसद कंगना रनावतले योगगुरु बाबा रामदेवको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै आफ्नो जवानी वा बेडरुमबारे सपना नदेख्न भनेकी छन् । कंगनाले ‘जेनेरेसन गटर’ सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर बाबा रामदेवले त्यसलाई ‘बिग्रिएको दिमागको संकेत’ भनेपछि उनले प्रतिक्रिया जनाएकी हुन् । कंगनाले इन्स्टाग्राम स्टोरीमार्फत बाबा रामदेवलाई जवाफ दिँदै लेखेकी छन्, ‘बाबाजी, मेरो जवानी वा बेडरुमबारे ‘डे-ड्रिम’ ...
हलिउडमा शक्तिशाली जोडी धेरै छन्, तर यस गर्मी याममा जेन्डाया र टम हल्यान्डले एकैसाथ विश्वव्यापी बक्स अफिसमा कायम गरेको दबदबा फरक देखिएको छ । हलिउडमा दुई कलाकारले एकै समयमा विश्वव्यापी बक्स अफिसमा यसरी प्रभुत्व जमाएको विरलै देखिन्छ । टम हल्यान्ड र जेन्डाया अभिनीत ‘स्पाइडर-म्यानः ब्रान्ड न्यूडे’ले उत्तर अमेरिकामा ३५५ मिलियन डलर र विश्वभर ९२७ मिलियन डलरको ...
। गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । अगस्ट ६ देखि ९ सम्म जर्जियाको मारिएट्टा सहरमा आयोजना भएको महोत्सवमा नेपालबाट सो फिल्म मात्र छनोट भएको थियो । महोत्सवका कार्यकारी निर्देशक तथा फेस्टिभल डाइरेक्टर डा. रिचर्ड टाभेनारोका अनुसार संसारभरबाट प्राप्त फिल्मको प्रतिस्पर्धामा ...
। सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले शुक्रबार ब्रजेश खनाललाई कुलपतिको सपथ खुवाएका थिए । त्यसपछि खनालले सोमबार अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन् । प्रतिष्ठानको उपकुलपतिमा ‘काफ्ले’ गीतबाट चर्चित गायिका झुमा लिम्बु, सदस्यसचिवमा भूपेन्द्रसिंह रायमाझी र प्राज्ञपरिषद् सदस्यमा राजन मुकारुङ, रेखा शाह गुरुङ, ...
। ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ नेपालमा धेरै कमाउने छैटौं विदेशी फिल्म बनेको छ । प्रदर्शनको ११ औं दिन आइतबारसम्म टम हल्यान्ड स्टारर फिल्मको ग्रस कलेक्सन १४ करोड रुपैयाँ नाघेको छ । शीर्ष १० को सूचीमा छैटौं स्थानमा उक्लिएको फिल्मले नेपाली बक्सअफिसमा धुरन्धर, कान्तारा, कल्की र धुरन्धर २ लाई उछिनेको छ । अब यसअघि जवान, एनिमल, आरआरआर, ...