मुख्य समाचार
‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो
‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो

जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ ।

ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । उसको कजिन डड्लीले उसलाई सताउँछ भने आमा पेटुनियाले उसको कपाल काट्दै ‘तँ विशेष होइनस्’ भन्छिन् । तर केही समयपछि ह्यारीलाई हग्वाट्र्सबाट आएको स्वीकृति पत्रले उसको जीवन बदलिन्छ ।

त्यसपछि ट्रेलरमा ह्याग्रिडले ह्यारीलाई जादुयी संसारबारे जानकारी दिँदै उसका दिवंगत आमाबुबाबारे केही संकेत दिन्छन् । आफ्नो सामान ट्रलीमा राखेर ह्यारी ढोकाबाट दौडिँदै हग्वाट्र्स एक्सप्रेस चढ्न पुग्छ ।

रेलमा चढ्ने क्रममा ह्यारीले रोनलाई आफ्नी आमासँग बिदाइ साट्दै गरेको देख्छ । त्यसपछि ह्यारी, रोन र हर्मायनी एउटै सिटमा बसेका हुन्छन्, जहाँ रोनले ह्यारीलाई सोध्छ, “के तिमी साँच्चै ह्यारी पोटर नै हौ ?’




ट्रेलरमा त्यसपछि तीनै जना हग्वाट्र्स घुमिरहेको दृश्य देखाइन्छ । ह्यारीले क्विडिच खेल्ने झाडू खोल्दै गरेको पनि देखिन्छ । साथै, डम्बलडोर, स्नेप, ड्राको माल्फोय, मिस्टर ओलिभान्डर र सर्टिङ ह्याटजस्ता पात्रहरूको झलक पनि छोटकरीमा देखाइएको छ ।

सिरिजमा डोमिनिक म्याकलफलिनले किशोर ह्यारी पोटरको भूमिका निर्वाह गरेका छन् भने रोन वीज्लीको रूपमा आलास्टेयर स्टाउट र हर्मायनी ग्रेन्जरको रूपमा अराबेला स्ट्यान्टन देखिनेछन् । उनीहरू तीनै जनाले हग्वाट्र्स स्कुल अफ विचक्राफ्ट एन्ड विजाड्र्रीका चुनौती पार गर्दै गहिरो मित्रता बनाउने र लर्ड भोल्डेमोर्टको बढ्दो खतरासँग जुध्नेछन् ।

यो सिरिज जेके रोलिङका उपन्यासलाई नजिकबाट पछ्याउँदै तयार गरिएको छ, जहाँ सात भागको कथालाई प्रत्येक सिजनमा एउटा पुस्तकका रूपमा प्रस्तुत गरिनेछ । दर्शकले जादुयी कक्षा कोठादेखि आकाशमा उड्ने क्विडिच मैदानसम्मका चर्चित दृश्य फेरि जीवन्त रूपमा देख्न पाउनेछन् ।

एचबीओले यसअघि सार्वजनिक गरेको पहिलो झलकमा ह्यारी ग्रिफिन्डोरको पोशाकमा क्विडिच मैदानतर्फ जाँदै गरेको देखाइएको थियो, जसले निर्माण टोलीले मूल कथाप्रति कत्तिको ध्यान दिएको छ भन्ने संकेत गर्छ ।

यो सिरिज बेलायतको वार्नर ब्रदर्स स्टुडियो लिभ्स्डेनमा छायांकन गरिएको हो । शो रनरका रूपमा फ्रान्सेस्का गार्डिनर छन् भने ‘सक्सेसन’का निर्देशक मार्क माइलोडले पनि केही एपिसोड निर्देशन गरेका छन् । कार्यकारी निर्मातामा रोलिङ, निल ब्लेयर, रुथ केनली-लेट्स र डेभिड हेयम्यान छन् ।

‘ह्यारी पोटर’ सिरिजले नयाँ पुस्ताका साथै पुराना फ्यानलाई पनि फेरि एकपटक जादुयी संसारमा फर्किने अवसर दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...