। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ ।
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ रिपुमर्दन गणको सातौं डफ्फा र सैनिक प्रहरी युनिटको दशौं डफ्फालाई कालीबहादुर गणको आठौं डफ्फा र सैनिक प्रहरी युनिटको एघारौं डफ्फाले बदली गरेको हो ।
यी दुई डफ्फाका १७९ शान्ति सैनिकको पहिलो टोली आज मिसन इलाका प्रस्थान गरेको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।
उक्त मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २११ नेपाली शान्ति सैनिकहरु ११ चैतमा स्वदेश फिर्ता भएका छन् ।
हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार १०७ शान्ति सैनिक कार्यरत छन् ।