मुख्य समाचार
फेसबुकमार्फत ओलीले बालेनलाई बधाई दिए
फेसबुकमार्फत ओलीले बालेनलाई बधाई दिए

। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त भएकामा बालेन्द्र शाह(बालेन)लाई बधाई दिएका छन् । शुक्रबार फेसबुकमार्फत ओलीले बालेनलाई बधाई दिएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई,’ ओलीले लेखेका छन्, ‘नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’

यसअघि ओली बालेनको शपथ ग्रहण समारोहमा भने सहभागी भएका थिएनन् ।

ओली र बालेन फागुन २१ को निर्वाचनमा झापा–५ मा प्रतिस्पर्धी थिए । जहाँ ओलीलाई पराजित गर्दै बालेन निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले आफूबारे सञ्चारमाध्यममा आएका समाचारहरूमा सत्यता नभएको दाबी गरेका छन् । नवगठित मन्त्रिपरिषद्‍मा नअटाएको विषयमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै उनले प्रकाशित समाचारहरूलाई भ्रामक भनेका छन् । ‘केहीबेर अगाडिदेखि मिडियाहरूमा आएको समाचार भ्रामक हुन्,’ सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसमा कुनै सत्यता छैन ।’ यसअघि बालेन शाह नेतृत्वमा गठन हुने मन्त्री बन्नेहरूको सूचीमा ...
। रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले आफूबारे सञ्चारमाध्यममा आएका समाचारहरूमा सत्यता नभएको दाबी गरेका छन् । नवगठित मन्त्रिपरिषद्‍मा नअटाएको विषयमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै उनले प्रकाशित समाचारहरूलाई भ्रामक भनेका छन् । ‘केहीबेर अगाडिदेखि मिडियाहरूमा आएको समाचार भ्रामक हुन्,’ सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसमा कुनै सत्यता छैन ।’ यसअघि बालेन शाह नेतृत्वमा गठन हुने मन्त्री बन्नेहरूको सूचीमा ...
। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई बधाई दिएका छन् । शुक्रबार एक्समार्फत बधाई दिँदै प्रधानमन्त्री शरिफले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्य अघि बढाउन बालेनसँग नजिक रहेका काम गर्न उत्सुक रहेको बताएका छन् । ‘नेपालका प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नुभएकोमा सम्माननीय बालेन्द्र शाहलाई हार्दिक बधाई छ, जसले राष्ट्रिय स्वतन्त्र पार्टीको एकतर्फी जितपछि यो पद ...
। सामूहिक नेतृत्वअनुसार काम गर्दा सफल हुने गृहमन्त्री ओम प्रकाश अर्यालले बताएका छन् । मन्त्रालयबाट बिदा हुने क्रममा बुधबार आयोजना गरिएको कार्यक्रममा मन्तव्य राख्दै अर्यालले सामूहिक नेतृत्वको प्रयासबाट तोकिएका जिम्मेवारी पूरा गर्न मन्त्रालय सफल भएको बताएका हुन् । ‘सामूहिक नेतृत्वको प्रयासबाट काम नभएको भए यति ठूलो संकटबाट यत्तिकै बाहिर निसक्न सक्दैना थियौं,’ मन्त्री अर्यालले भने, ‘व्यवसायिकतालाई ...
। निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई ज्ञापन गरेकी छिन् । उनले बधाई दिँदै युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा हर्षित बनाएको बताएकी छिन् । ‘नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई । ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् । साथै, जोस र होसको सन्तुलन ...