मुख्य समाचार
सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय
सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय

: सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरू कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए।


आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिस बमोजिम गर्ने उनले बताए। अन्यको हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको उनले जानकारी दिए।


कार्की आयोगको प्रतिवेदन 'लिक' भएपछि तत्कालीन अन्तरिम सरकारले बाध्य भएर सार्वजनिक गरेको थियो। तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले संसद सचिवालयको अभिलेखमार्फत आयोगको प्रतिवेदन सार्वजनिक गरेकी थिइन्।



आयोगले तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रहरीका आइजीपी चन्द्रकुबेर खापुङलाई फौजदारी अभियोगमा अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले भदौ २३ गतेको घटनामा कारबाही सिफारिस गरिए पनि भदौ २४ गतेको घटना सम्बन्धमा केही नबोलेको भन्दै आलोचना भइरहेको छ।

आयोगको प्रतिवेदनलाई एमाले अध्यक्ष ओलीले खेदजनक र अस्वीकार्य रहेको बताए। त्यस्तै कांग्रेसले पनि प्रतिवेदनप्रति असहमति जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणको अनुमति दिन थालेको छ । विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि ‘पर्मिट’ अनुमति दिन थालेको हो । विभागको अभिलेख अनुसार बुधबारसम्म १० समूहका ८२ जनाले पर्मिट लिइसकेका छन् । १ मार्चदेखि बुधबारसम्म सो संख्यामा अनुमति जारी भएको हो। यस अवधिमा सबैभन्दा धेरै अन्नपूर्ण प्रथम आरोहण ...
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीले आकस्मिकरुपमा बैठक बोलाएको छ । आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने तयारी गरेको छ । यसैसन्दर्भमा एमाले सचिव महेश बस्नेतसँग गरिएको संक्षिप्त कुराकानी : पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि अब एमालेले के गर्छ ? अब हामी सचिवालय बैठक बस्दै छौँ। हामी सदन, सडक र कानुनी लडाइँ-यी ...
। एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन सुरू गरेको छ । ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् । उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक ...
। अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । बिपी राजमार्गमा काम गर्ने एक मजदुरको मृत्यु भएको रोशी गाउँपालिकाको उपाध्यक्ष ज्वाला वाइवाले जानकारी दिए । उनका अनुसार बिपी राजमार्गमा काम गर्ने रोशी-७ निवासी कुन्साङ तामाङको‌ रोशी खोलाले बगाएर मृत्यु भएको हो । वर्षाका कारण बिपी राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । ...
: गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गरेको जानकारी दिएका छन्। फेसबुकमा स्टाटस लेख्दै उनले आज बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेशलाई पक्राउ गरेको जानकारी दिएका हुन्। गुरुङले कानुनभन्दा माथि कोही नभएको बताए। उनले यो कसैप्रति प्रतिशोध नभएको टिप्पणी गरे। ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी ...