मुख्य समाचार
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री शाहको नियुक्तिप्रति चीनको तर्फबाट शुभकामना व्यक्त
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री शाहको नियुक्तिप्रति चीनको तर्फबाट शुभकामना व्यक्त

: चीनले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पदभार ग्रहण गरेको अवसरमा बधाई दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री शाहको नियुक्तिप्रति चीनको तर्फबाट शुभकामना व्यक्त गरेका हुन्।


प्रवक्ता लिनका अनुसार चीनले नेपाललाई सधैं परम्परागत मित्र र छिमेकी राष्ट्रका रूपमा लिँदै आएको छ। उनले नेपालले आफ्नो स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षण गर्न गरेका प्रयासहरूमा चीनको निरन्तर समर्थन रहने बताए।


उनले नेपालमा एकता, स्थायित्व, विकास र समृद्धि हासिल गर्ने दिशामा पनि चीनले साथ दिने उल्लेख गरे। नयाँ सरकारसँग मिलेर दुई देशबीचको परम्परागत मित्रतालाई अझ अगाडि बढाउँदै व्यावहारिक सहकार्य गहिरो बनाउने र दीर्घकालीन मित्रता तथा विकास-समृद्धिमा आधारित रणनीतिक साझेदारीलाई अघि बढाउने चीनको तयारी रहेको उनले स्पष्ट पारे।



पत्रकारको प्रश्नमा उनले भने, 'चीन नेपालसँगको परम्परागत मित्रतालाई अगाडि बढाउन, व्यावहारिक सहयोगलाई गहिरो बनाउन र विकास र समृद्धिको लागि स्थायी मित्रतासहितको सहकार्यको रणनीतिक साझेदारीलाई अगाडि बढाउन नयाँ सरकारसँग काम गर्न तयार छ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...