: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई अमेरिकाले बधाई दिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ।
'नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई। अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ,' उसले भनेको छ।