: पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणको अनुमति दिन थालेको छ । विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि ‘पर्मिट’ अनुमति दिन थालेको हो ।
विभागको अभिलेख अनुसार बुधबारसम्म १० समूहका ८२ जनाले पर्मिट लिइसकेका छन् । १ मार्चदेखि बुधबारसम्म सो संख्यामा अनुमति जारी भएको हो। यस अवधिमा सबैभन्दा धेरै अन्नपूर्ण प्रथम आरोहण अनुमति जारी भएको छ । जसमा ३ समूहका २२ जनाले अनुमति पाएका छन् ।
आमादब्लम हिमालमा २ समूहका २० आरोहीले अनुमति लिएका छन् । वसन्त सिजन सगरमाथा आरोहणको मुख्य सिजन हो । यद्यपि बुधबारसम्म सगरमाथा आरोहण गर्ने आरोहीले अनुमतिका लागि आवेदन दिएका छैनन् । विभागले सार्वजनिक गरेको अभिलेख अनुसार बुधबारसम्म पर्मिट शुल्क एक करोड ८४ लाख रुपैयाँ संकलन भएको छ ।