मुख्य समाचार
बलात्कार तथा यौनजन्य हिंसापीडितलाई छिटो न्याय दिन कानुन सुधार गरिने
बलात्कार तथा यौनजन्य हिंसापीडितलाई छिटो न्याय दिन कानुन सुधार गरिने

: नव निर्वाचित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले केही गम्भीर अपराधका घटनामा पीडितलाई छिटो भन्दा छिटो न्याय दिलाउन कानुनी सुधार गर्ने बताएकी छिन् ।

शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गौतमले जबरजस्ती करणी र जबरजस्ती करणीपश्चात् हुने हत्याजस्तो जघन्य कसुर, यौनजन्य हिंसा, बालबालिकासम्बन्धी कसुरलगायतमा पीडितलाई छिटो भन्दा छिटो न्याय दिलाउन कानुनी सुधार गर्ने बताइन् ।

यस्ता घटनामा संलग्नलाई दण्ड, सजाय र पीडितलाई शीघ्र न्यायको लागि अपराध संहितालगायतका कानुनहरूमा देखिएका अवरोध पहिचान गरी अध्ययन गर्ने निर्णय समेत उनले गरेकी छन् । उनले कानुनहरूमा देखिएका अवरोध पहिचान गरी अध्ययन गर्न कार्यदल गठन र सम्बद्ध कानुनमा संशोधन कार्य अघि बढाउने बताइन् । उनले आवश्यक कानुनहरुलाई संसदबाट छिटो अघि बढाउन प्रभावकारी भूमिका खेल्ने उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका दमनकारीलाई बचाउने षड्यन्त्र कतैबाट नगर्न आग्रह गरेको छ । संस्थाले प्रेस वक्तव्य निकालेर जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएकोमा स्वागत गरेको छ । साथै, उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत पक्राउ गरी निष्पक्ष ...

: झापाको दमकमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–८ सेतुमारी रोड निवासी २८ वर्षीय निरोज साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज बिहान करिब ८ बजेको समयमा आफ्नै किराना पसलबाट पूर्वतर्फ रहेको घरमा छिमेकी मनोज साहको दुई तले घरको छत माथिबाट सीसीटीभी क्यामेराको तार ...
। नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो पार्टीले देशभर आन्दोलन अझै सशक्त बनाएर अघि बढाउने चेतावनी दिएका छन् । प्रहरीबाट आफूहरूमाथि दमन भएको बताउँदै बस्नेतले यही अवस्था रहिरहे भोलि देशभर आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । ‘यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्नेछ,’ बस्नेतले भनेका छन्, ‘साथै, ...
: नेकपा एमालेले भदौ २३ र २४ गतेको घटनाको छानबिन सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा हुनुपर्ने माग गरेको छ। आज पार्टी कार्यालयमा बसेको बैठकले एमालेले घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको हो। गौरी बहादुर कार्की नेतृत्वको आयोगप्रति सुरुदेखि नै असहमति र विरोध रहँदै आएको ...