मुख्य समाचार
बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’
बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

। नेपाल बार एशोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ कानुनी शासन अनुसार नभएको बताएका छन् ।

कार्की आयोगको प्रतिवेदनको आधारमा पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई सुरक्षाकर्मीले शनिबार विहान सबेरै उनीहरुको निवासबाट नियन्त्रणमा लिएका थिए । जुन किसिमले पक्राउ पुर्जी जारी गरियो । त्यस अनुसारको परिस्थिति थिएन ।
अपराध गर्दा गर्दैको अवस्थामा रंगे हात फेला परेको मान्छेलाई जरुरी पक्राउ पुर्जी जारी गर्न मिल्ने हो,’ वरिष्ठ अधिवक्ता मिश्रले अनलाइनखबरसँग भने,‘सामान्य अवस्थाको मान्छेलाई पक्राउ गरेर लाने कानुनी व्यवस्था पनि छैन । प्रचलन पनि त्यो होइन । जुन तरिकाले पक्राउ गरियो, कानुनी शासनको चरित्र अनुकूल देखिदैन ।’

भदौ २३ र २४ गतेको घटनामा निष्पक्ष अनुसन्धान गरेर एकै चोटी सबैलाई अभियोजन लगाउनुपर्नेमा कानुनी बाटो भन्दा फरक तरिका अपनाइएको मिश्र बताउँछन् । ‘सबैलाई एकैपटक अभियोजन लगाउनु पर्ने हो । अभियोजन नलाउनु पर्नेलाई छोड्नुपर्ने हो । दुई जना मानिसलाई लगेर प्रचार गर्ने गरी जानु राज्यको लागि ठिक होइन’, मिश्रले भने ।

सरकारले असाधारण र अप्राकृतिक कार्य गरेको मिश्रको टिप्पणी छ । बन्दी प्रत्यक्षीकरण र म्याद थपको बेलामा कानुन व्यवसायीहरुले अदालतलाई वास्तविक विषय जानकारी गराउने मिश्रले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वप्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा उत्रिएका केही एमाले कार्यकर्ताले रिपोर्टिङका लागि पार्टी कार्यालय पुगेका पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । एमाले सचिवालय बैठकको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुले सोधेको प्रश्नप्रति पार्टी कार्यालय परिसरमै केही कार्यकर्ताले दुर्व्यवहार गरी क्यामेराहरू बाहिर निकाल्न खोजेका थिए । सचिवालय बैठकपछि नाराबाजी गरेको एमाले कार्यकर्ताले च्यासलस्थित करिडोर पुलमा टायर बालेर ...
: नेकपा एमालेले पक्राउ गरिएका पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ । पार्टी मुख्यालय च्यासलमा शनिबार बसेको सचिवालय वैठकले आम समुदाय र नागरिक समाजको साथमा अध्यक्ष ओलीको पक्राउको सशक्त राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ । एमालेले अध्यक्ष ओलीको पक्राउविरुद्ध आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको ...
। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ कानूनी राज्यको आधारभूत सिद्धान्तविपरीत रहेको बताएको छ । नेविसंघले शनिबार विज्ञप्ति निकालेर ओली–लेखक पक्राउका लागि सरकारले गरेको निर्णय फिर्ता लिन माग गरेको छ । उसले पक्षपातपूर्ण निर्णय जबरजस्ती कार्यान्वयन गर्न खोजे प्रतिवादमा उत्रिने चेतावनी पनि दिएको छ ...
। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका दमनकारीलाई बचाउने षड्यन्त्र कतैबाट नगर्न आग्रह गरेको छ । संस्थाले प्रेस वक्तव्य निकालेर जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएकोमा स्वागत गरेको छ । साथै, उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत पक्राउ गरी निष्पक्ष ...
। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका दमनकारीलाई बचाउने षड्यन्त्र कतैबाट नगर्न आग्रह गरेको छ । संस्थाले प्रेस वक्तव्य निकालेर जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएकोमा स्वागत गरेको छ । साथै, उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत पक्राउ गरी निष्पक्ष ...