। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको संयमित भएर विरोध गर्ने बताएका छन् ।
एमालेको सचिवालय बैठक पछाडि उपमहासचिव भट्टराईले यस्तो बताएका हुन् ।
‘पक्राउ गैरसंवैधानिक, गैरकानुनी छ’ उनले भनेका छन्, ‘हाम्रो विरोध संयमित हुन्छ । उछृङखल हुँदैन ।’
एमालेले अध्यक्ष ओली र कांग्रस नेता रमेश लेखकको पक्राउको विरोध गर्दै रिहा गर्न माग गरेको छ ।