: मोरङको रंगेली नगरपालिका–१ पोखरी टोलमा शनिबार बिहान ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बबियाबिर्ताबाट कर्सियातर्फ जाँदै गरेको प्रदेश ०३–००१ त ७१५१ नम्बरको ट्याक्टरले बिहान ८ः४५ बजेतिर रंगेली–१ का ५० वर्षीय होली ऋषिदेवलाई टक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउन साथ बिहान ९ः४५ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएका थिए । दुर्घटना लगत्तै प्रहरीले ट्याक्टर र चालक रंगेली–२ का २५ वर्षीय सिपक ऋषिदेवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ । ट्याक्टरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।