मुख्य समाचार
कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेता आन्तरिक छलफलमा
कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेता आन्तरिक छलफलमा

। नेपाली कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि संस्थापन इतर समूहका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका हुन् ।

इतर समूहमा रहेका २० जना नेता अहिले ठमेलको एक होटलमा छलफल गरिरहेका स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार छलफलको संयोजन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन् ।


बैठकमा खड्कासँगै डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत सहभागी छन् ।

पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको थियो । उनलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ ।

प्रहरीले लेखकपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पक्राउ गरेको थियो । उनलाई भने महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

पूर्वगृहमन्त्री लेखकको पक्राउ बारे कांग्रेसले अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । तर, नेकपा एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा सरकारविरूद्ध संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमबाट द्वन्द्व सिर्जना हुने कार्य हुन नहुने बताएको छ । केन्द्रीय कार्यालयका तर्फबाट विज्ञप्ति निकालेर नेकपाले यस्तो बताएको हो । सरकारले मन्त्रिपरिषदको पहिलो बैठकबाट गत भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार ...
। नेपाली कांग्रसले तत्काल कुनै आन्दोलनका कार्यक्रमहरू तय नगरेको प्रष्ट पारेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय सचेतना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘सरकारको व्यवहार आग्रहपूर्ण देखियो । हामीले सडक आन्दोलन लगायतका केही कायक्रम गर्ने निर्णय गरेका छैनौं,’ प्रवक्ता चालिसेले भने । आफ्नो पार्टीले सरकारको निष्पक्षता र व्यवहारको ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उनले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका हुन् । जेनेजी आन्दोलनको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओली–लेखक पक्राउ परेका छन् ...
। पूर्व पश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोहीतर्फ आउँदै गरेको लु२ख २३५१ नं.को बस र ना.५ख २२७५ नं. को पिकअप गाडीलाई ठक्कर दिदाँ दुर्घटना भएको हो । ट्रकले ठक्कर दिएपछि बस करिब १०० मिटर तल खसेको ...
। नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको दमनबारे जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयनका लागि चयनमुखी भएको निष्कर्ष निकालेको छ । शनिबार बसेको पार्टीको संसदीय सचेतना कार्यक्रमपछि पार्टीले एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेको व्यवहार ‘सेलेक्टिभ’ भएको निष्कर्ष निकालेको हो । ‘आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति ...