मुख्य समाचार
एमालेले भदौ २३ र २४ गतेको घटनाको छानबिन सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा हुनुपर्ने माग
एमालेले भदौ २३ र २४ गतेको घटनाको छानबिन सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा हुनुपर्ने माग

: नेकपा एमालेले भदौ २३ र २४ गतेको घटनाको छानबिन सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा हुनुपर्ने माग गरेको छ। आज पार्टी कार्यालयमा बसेको बैठकले एमालेले घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको हो।


गौरी बहादुर कार्की नेतृत्वको आयोगप्रति सुरुदेखि नै असहमति र विरोध रहँदै आएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।


एमालेले आयोगद्वारा प्रस्तुत प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहेको ठहर गरेको छ । ‘२०८२ भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि तत्कालीन सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति हाम्रो पार्टीको सुरूदेखि नै असहमती र विरोध रहँदै आएको छ । उक्त आयोगप्रति सम्मानित सर्वोच्च अदालतले समेत गम्भीर प्रश्नहरू उठाएको कुरा विदितै छ । ‘आयोगद्वारा प्रस्तुत प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहेको हाम्रो पार्टीको ठहर छ । तसर्थ, उक्त घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानविन आयोग गठन गर्न यो बैठक माग गर्दछ ।’



एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक माथि गरिएको नियोजित, निर्देशित र गैरकानुनी गिरफ्तारीको विरोध, उनीहरूको रिहाई, कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाको गर्न संयुक्त एवम् प्रभावकारी पहलकदमीका लागि राजनीतिक दलहरू, नागरिक समाज र आमजनसमुदायलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमबाट द्वन्द्व सिर्जना हुने कार्य हुन नहुने बताएको छ । केन्द्रीय कार्यालयका तर्फबाट विज्ञप्ति निकालेर नेकपाले यस्तो बताएको हो । सरकारले मन्त्रिपरिषदको पहिलो बैठकबाट गत भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार ...
। नेपाली कांग्रसले तत्काल कुनै आन्दोलनका कार्यक्रमहरू तय नगरेको प्रष्ट पारेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय सचेतना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘सरकारको व्यवहार आग्रहपूर्ण देखियो । हामीले सडक आन्दोलन लगायतका केही कायक्रम गर्ने निर्णय गरेका छैनौं,’ प्रवक्ता चालिसेले भने । आफ्नो पार्टीले सरकारको निष्पक्षता र व्यवहारको ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उनले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका हुन् । जेनेजी आन्दोलनको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओली–लेखक पक्राउ परेका छन् ...
। पूर्व पश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोहीतर्फ आउँदै गरेको लु२ख २३५१ नं.को बस र ना.५ख २२७५ नं. को पिकअप गाडीलाई ठक्कर दिदाँ दुर्घटना भएको हो । ट्रकले ठक्कर दिएपछि बस करिब १०० मिटर तल खसेको ...
। नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको दमनबारे जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयनका लागि चयनमुखी भएको निष्कर्ष निकालेको छ । शनिबार बसेको पार्टीको संसदीय सचेतना कार्यक्रमपछि पार्टीले एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेको व्यवहार ‘सेलेक्टिभ’ भएको निष्कर्ष निकालेको हो । ‘आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति ...