। नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको दमनबारे जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयनका लागि चयनमुखी भएको निष्कर्ष निकालेको छ ।
शनिबार बसेको पार्टीको संसदीय सचेतना कार्यक्रमपछि पार्टीले एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेको व्यवहार ‘सेलेक्टिभ’ भएको निष्कर्ष निकालेको हो ।
‘आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी सो बमोजिम गर्ने तर अन्यमा हकमा तत्काल कार्यान्वयन गर्ने भन्ने किसिमको निर्णय गर्नु र हतारमा पक्राउ गर्नुले भाद्र २३ को एउटै घटना, एउटै छानबिन प्रतिवेदन र एकै किसिमको सिफारिसमा पनि सरकारको व्यबहार “सेलेक्टिभ” भएको देखिन्छ,’ कांग्रेसले भनेको छ ।