मुख्य समाचार
दीपक खड्का पक्राउ
दीपक खड्का पक्राउ

: पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का पक्राउ परेका छन्। आज बिहान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कांग्रेस नेता खड्कालाई पक्राउ गरेको हो।


सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको हो।


उनी जेनजी आन्दोलनका क्रममा घरमा भेटिएको रकम र स्काउटको जग्गाको विवादमा मुछिएका थिए। थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले महिलाहरूको सुरक्षाका लागि भन्दै ‘ब्लु बस’ सञ्चालन गर्ने योजना अघि सारेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १०० कार्यसूचीमा यो योजना पनि समावेश छ । ‘महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने,’ सरकारको कार्यसूचीमा उल्लेख छ, ‘पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने ।’ त्यस्तै ...
। कृषि उपज खरिदमा उधारो कारोबार अधिकतम २५ दिनभित्र अनिवार्य भुक्तानी हुने व्यवस्था लागू गरिने भएको छ । सरकारले सार्वजनिक गरेको १०० कार्यसूचीमा उक्त विषय उल्लेख छ । कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्य समुन्नत गर्न सो निर्णय गर्न लागिएको हो । सो अवधिभित्र भुक्तानी नभएमा ब्याजसहित भुक्तानी गर्नुपर्ने निर्देशिका तत्काल जारी गरिने भएको छ ...
। हरेक वर्ष बाढी, आँधी र असिना जस्ता प्राकृतिक प्रकोपको मारमा पर्दै आएका किसानहरुले झापा गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गरी ‘किसान पुन:स्थापना कोष’ स्थापना गरिदिनुपर्ने उनीहरुको माग छ । झापा गाउँपालिका क्षेत्रभित्र प्राकृतिक प्रकोपका कारण व्यावसायिक कृषि क्षेत्रमा ठूलो क्षति पुग्दै आएको छ । विशेषगरी व्यावसायिक ...
। सरकारले दलित तथा ऐतिहासिक रुपमा बहिष्कृत समुदायसँग औपचारिक क्षमायाचना माग्ने निर्णय गरेको छ । मन्त्रिपरिषदबाट शुक्रबार स्वीकृत शासकीय सुधारका एक सय सूचीमा दलित समुदायसँग माफी माग्ने निर्णय उल्लेख छ । औपचारिक माफी सँगै मेलमिलापको आधार तयार पार्न सुधारका कार्यक्रम समेत घोषणा गरिने भएको छ । ‘दलित तथा ऐतिहासिक रुपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट ...
। सरकारले १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताको रकम राज्यकोषमा ल्याउने भनेको छ । शनिबार सार्वजनिक सरकारका १०० कार्यसूचीमा त्यस्ता बैंक तथा वित्तीय संस्थाका खाताको विवरण सङ्कलन गरी हकवालाले दाबी नगरेको रकम कानुनी प्रक्रिया पूरा गरी राज्यकोषमा ल्याउने भनेको छ । राज्यका निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग गर्न र अन्य स्रोतहरूको ...