मुख्य समाचार
अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शन
अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शन

। अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शनहरू भइरहेका छन्। किङ्ग्सनो किङ्ग्सकिङ्ग्स अर्थात् किङ्ग्सकुनै राजाहरू छैनन्किङ्ग्स नाम दिइएको यो राष्ट्रव्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो । यसअघि पनि लाखौं मानिसहरूले सडकमा उत्रिएर असन्तुष्टि जनाएका थिए।

शनिबार अमेरिकाभर ३,००० भन्दा बढी स्थानमा साना-ठूला र्‍यालीहरू आयोजना गरिएका छन्। प्रदर्शनकारीहरूको मुख्य निशानामा ट्रम्प प्रशासनले अघि सारेका नीतिहरू रहेका छन्, जसमा विशेषगरी इरानसँगको युद्ध, कडा संघीय अध्यागमन नीति र देशमा चुलिँदै गएको महँगी प्रमुख छन्।


आयोजकहरूका अनुसार, यो लोकतन्त्रको रक्षा र निरंकुशताको विरोधमा गरिएको शान्तिपूर्ण नागरिक विद्रोह हो। किङ्ग्सट्रम्प हामीमाथि एक निरंकुश शासकको रूपमा शासन गर्न चाहन्छन्। तर यो अमेरिका हो र यहाँको शक्ति जनताको हातमा छ- कुनै राजा बन्न खोज्ने व्यक्ति वा तिनका अर्बपति आसेपासेहरूको हातमा होइन,किङ्ग्स आयोजकहरूले एक विज्ञप्तिमा भनेका छन्।

यता, ह्वाइट हाउसले भने यी प्रदर्शनहरूलाई खारेज गर्दै उडाएको छ। ह्वाइट हाउसका एक प्रवक्ताले यी र्‍यालीहरूलाई किङ्ग्सट्रम्प डिरेन्जमेन्ट थेरापी सेसन्सकिङ्ग्स अर्थात् ट्रम्पप्रतिको अन्धविरोधबाट मुक्त हुने थेरापीको संज्ञा दिएका छन् । किङ्ग्सयसको वास्ता गर्ने मानिसहरू भनेका केवल ती पत्रकारहरू हुन् जसलाई यसको समाचार लेख्न पैसा दिइएको छ,किङ्ग्स उनले भने ।

आन्दोलनको प्रमुख केन्द्रविन्दु- मिनेसोटा

शनिबारको किङ्ग्सनो किङ्ग्सकिङ्ग्स प्रदर्शनको सबैभन्दा ठूलो र महत्त्वपूर्ण कार्यक्रम मिनेसोटा राज्यको सेन्ट पलस्थित स्टेट क्यापिटल भवन बाहिर आयोजना गरिएको थियो। गत जनवरीमा संघीय अध्यागमन एजेन्टहरू (आईस) को कारबाहीका क्रममा दुई अमेरिकी नागरिक- रेनी निकोल गुड र एलेक्स प्रेटीको मृत्यु भएपछि यो राज्य ट्रम्पको अध्यागमन नीतिको विरोधको मुख्य केन्द्र बनेको छ। उनीहरूको मृत्युले देशभर आक्रोश र शृंखलाबद्ध विरोध प्रदर्शनहरू निम्त्याएको थियो।

हजारौं मानिसहरूले प्लेकार्ड बोकेर सडक तताएको यस र्‍यालीमा उच्च पदस्थ डेमोक्र्याट नेताहरूको उल्लेखनीय उपस्थिति थियो। मिनेसोटाका गभर्नर टिम वाल्जले ट्रम्पको अध्यागमन नीतिको कडा आलोचना गरे।

त्यस्तै, सिनेटर बर्नी स्यान्डर्सले मिनेसोटाका जनताको प्रशंसा गर्दै वर्तमान समयलाई किङ्ग्सअमेरिकी इतिहासको एक अभूतपूर्व र खतरनाक क्षणकिङ्ग्स को रूपमा चित्रण गरे। सांसद इल्हान ओमारले किङ्ग्सहामी मिनेसोटावासी फरक तरिकाले बनेका छौंकिङ्ग्स भन्दै नागरिक अधिकारको पक्षमा वकालत गरिन्।

यसै कार्यक्रममा प्रख्यात रक गायक ब्रुस स्प्रिंगस्टीनले मञ्चमा उपस्थित भई आफ्नो नयाँ विरोध गीत किङ्ग्सस्ट्रिट्स अफ मिनियापोलिसकिङ्ग्स प्रस्तुत गरेर भीडलाई उत्साहित बनाएका थिए। उनले मिनेसोटालाई सम्पूर्ण देशका लागि प्रेरणा भनेर सम्बोधन गरे।

त्यस्तै, अभिनेत्री तथा प्रगतिशील अभियन्ता जेन फोंडाले मञ्चबाट भाषण गर्नुको साटो मृतक रेनी गुडकी पत्नी बेका गुडको सन्देश पढेर सुनाएकी थिइन्।

वासिङ्टन डीसी र न्युयोर्कमा मानव सागर



शनिबार दिउँसोदेखि नै देशको राजधानी वासिङ्टन डीसीका सडकहरू प्रदर्शनकारीहरूले भरिएका थिए। हजारौंको संख्यामा मानिसहरू नेसनल मल र लिंकन मेमोरियलको सिँढीमा जम्मा भएका थिए।

अघिल्ला किङ्ग्सनो किङ्ग्सकिङ्ग्स प्रदर्शनहरूमा जस्तै यसपटक पनि प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, र प्रशासनका अन्य उच्च अधिकारीहरूको पुत्ला बोकेका थिए।

उनीहरूले वर्तमान प्रशासनलाई सत्ताबाट हटाउन र गिरफ्तार गर्न माग गर्दै नाराबाजी गरेका थिए। भर्जिनियाको अर्लिङ्टनबाट एउटा पुल पार गर्दै विशाल समूह राजधानी प्रवेश गरेको थियो।

यसैगरी, न्युयोर्क सहरको टाइम्स स्क्वायर र म्यानहटनको मिडटाउन क्षेत्रमा हजारौं मानिसहरूले मार्च गरे। प्रदर्शनकारीहरूको विशाल भीडका कारण सामान्यतया निकै व्यस्त रहने सडकहरू प्रहरीले बन्द गर्नुपरेको थियो।

गत अक्टोबरमा भएको प्रदर्शनमा न्युयोर्कका पाँचवटै प्रदर्शन स्थलहरूमा गरी १ लाखभन्दा बढी मानिस सडकमा उत्रिएको न्युयोर्क प्रहरी विभागले जनाएको थियो। यसपटक पनि इरान युद्धको विरोध र अध्यागमन नीतिविरुद्ध लेखिएका ब्यानरहरूसहित मानिसहरू सडकमा थिए।

न्युयोर्कको प्रदर्शनमा ट्विच स्ट्रीमर हसन पिकर र टिकटक स्टार ह्यारी सिसन जस्ता प्रगतिशील इन्फ्लुएन्सरहरूले समेत सहभागिता जनाउँदै युवाहरूलाई प्रजातन्त्र बचाउन अपिल गरेका थिए।

लस एन्जलस, सिकागो र अन्य प्रमुख सहरहरू

पश्चिमी तटमा पनि प्रदर्शनको राप निकै उच्च थियो। लस एन्जलसको ग्लोरिया मोलिना ग्रान्ड पार्कमा हजारौं मानिसहरू जम्मा भएका थिए। त्यहाँको माहोल केही फरक र रचनात्मक थियो । त्यहाँ साल्सा संगीत बजिरहेको थियो भने मानिसहरूले डाइपर लगाएको किङ्ग्सबेबी ट्रम्पकिङ्ग्स को २० फिट अग्लो विशाल बेलुन उडाएका थिए।

कतिपयले इन्फ्लेटेबल कस्ट्युम (जस्तै: फ्लेमिङ्गो र शार्क) लगाएर किङ्ग्सअध्यागमन एजेन्सी खारेज गरकिङ्ग्स लेखिएका ब्यानर बोकेका थिए। यद्यपि, डाउनटाउनस्थित संघीय भवनबाहिर भने प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप भएको र केहीलाई पक्राउ गरिएको लस एन्जलस प्रहरीले जनाएको छ।

सिकागोको ग्रान्ट पार्क र पोर्टल्यान्ड, ओरेगनमा पनि हजारौंले सांगीतिक ब्यान्डको तालमा मार्च गरे। सिकागोको र्‍यालीमा सहभागी एक पूर्व सैनिक क्रिस होलीले सीएनएनसँग कुरा गर्दै भने, किङ्ग्सदेशमा भइरहेको अन्याय देखेर म पहिलोपटक सडकमा आउन बाध्य भएको हुँ। ट्रम्प प्रशासनको नीतिप्रति मेरो घोर असन्तुष्टि छ।किङ्ग्स

रिपब्लिकन गढ र साना सहरहरूमा पनि असन्तुष्टि



यसपटकको किङ्ग्सनो किङ्ग्सकिङ्ग्स प्रदर्शनको अर्को उल्लेखनीय पक्ष भनेको यो ठूला र डेमोक्र्याट-बहुल सहरहरूमा मात्र सीमित रहेन। आयोजकहरूका अनुसार करिब आधाजसो प्रदर्शनहरू परम्परागत रूपमा रिपब्लिकन पार्टीको गढ मानिने राज्यहरूमा भएका छन्।

टेक्सास (डलास, फोर्ट वर्थ), फ्लोरिडा, जर्जिया, इडाहो, उटाह र अलास्का जस्ता राज्यहरूमा दर्जनौं प्रदर्शनहरू आयोजना गरिए।

करिब १०,००० मात्र जनसंख्या भएको मिसिगनको हावेल र केन्टकीको शेल्बीभिल जस्ता साना सहरका सडकहरूमा समेत मानिसहरू इरान युद्ध र बढ्दो महँगीको विरोधमा प्लेकार्ड बोकेर उभिएका थिए। किङ्ग्सहामी हाम्रा समस्याहरू एउटै हुन् भनेर बुझाउन चाहन्छौं, यदि हामी सँगै उभियौं भने परिवर्तन सम्भव छ,किङ्ग्स एक प्रदर्शनकारीले भने।

अन्तर्राष्ट्रिय ऐक्यबद्धता

अमेरिकाभित्र मात्र नभई, युरोपमा रहेका अमेरिकी नागरिकहरूले पनि ट्रम्प प्रशासनविरुद्ध प्रदर्शन गरेका छन्। फ्रान्सको पेरिस, बेलायतको लन्डन र पोर्चुगलको लिस्बनमा भेला भएका मानिसहरूले राष्ट्रपतिलाई फासीवादी र युद्ध अपराधी लेखिएका ब्यानरहरू प्रदर्शन गर्दै उनलाई पदबाट हटाउन माग गरेका छन्।

के भनिरहेका छन् ट्रम्प ?



जनवरी २०२५ मा पुनः ह्वाइट हाउस फर्किएदेखि नै डोनाल्ड ट्रम्पले राष्ट्रपतीय अधिकारको दायरालाई निकै फराकिलो बनाएका छन्। उनले कार्यकारी आदेशहरूमार्फत संघीय सरकारका विभिन्न अंगहरूलाई विघटन गर्ने प्रयास गरेका छन् भने राज्यका गभर्नरहरूको विरोधका बाबजुद अमेरिकी सहरहरूमा नेसनल गार्डका सेनाहरू परिचालन गरेका छन्।

साथै, उनले आफ्ना राजनीतिक विरोधीहरूमाथि मुद्दा चलाउन न्याय विभागका शीर्ष अधिकारीहरूलाई निर्देशन दिएको आरोप छ।

आलोचकहरूले ट्रम्पको यो कदमलाई असंवैधानिक र अमेरिकी लोकतन्त्रका लागि गम्भीर खतरा मानेका छन्। तर, ट्रम्पले आफ्ना कदमहरू सङ्कटमा परेको देशको पुनर्निर्माणका लागि आवश्यक भएको दाबी गर्दै आएका छन्।

आफूलाई तानाशाहको रूपमा व्यवहार गरेको भन्ने आरोपलाई उनले उन्मादपूर्ण भन्दै खारेज गरेका छन्। गत अक्टोबरमा फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘उनीहरू मलाई राजा भनिरहेका छन्। म कुनै राजा होइन।’

अक्टोबरमा भएको अघिल्लो र्‍यालीमा देशभर करिब ७० लाख मानिस सहभागी भएका थिए। यसपटक पनि प्रदर्शनकारीहरूको ऊर्जा र उत्साहमा कुनै कमी देखिएको छैन। आयोजकहरूले अब आगामी मे १ तारिखमा श्रमिक अधिकार, आप्रवासी समुदाय र सार्वजनिक विद्यालयको समर्थनमा हुने वार्षिक किङ्ग्समे डेकिङ्ग्स प्रदर्शनमा पनि व्यापक जनसहभागिता जुटाउने तयारी गरिरहेका छन्।

देशभर युद्ध, महँगी र कडा अध्यागमन नीतिका कारण जनस्तरमा बढेको यो असन्तुष्टिले आगामी मध्यावधि चुनावमा कस्तो राजनीतिक प्रभाव पार्नेछ भन्ने कुरा अहिले धेरैको चासोको विषय बनेको छ।

‘हामी हाम्रो भविष्यको लागि मात्र होइन, लोकतन्त्र बचाउनका लागि सडकमा छौं,’ म्यानहटनकी एक प्रदर्शनकारीले भनिन्। लोकतन्त्रमा नागरिकको आवाजको यो शृंखला तत्काल रोकिने छाँटकाँट देखिँदैन।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै ड्रोन आक्रमण भएको छ। कुवेतको सरकारी समाचार एजेन्सीले देशको नागरिक उड्डयन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै ड्रोन आक्रमणहरू भएको बताएको छ। आक्रमणमा राडार प्रणालीमा ठूलो क्षति पुगेको प्राधिकरणले उल्लेख गरेको छ। बीबीसीका अनुसार आक्रमणपछि कुनै हताहत भएको छैन। गत बुधबार पनि विमानस्थलको इन्धन डिपोलाई इरानी ड्रोनले निशाना बनाएको थियो।
। इन्टरनेट अनुगमनकारी संस्था नेटब्लकस्का अनुसार इरानमा जारी ‘ब्ल्याकआउट’ आज शनिबार ठ्याक्कै एक महिना पुगेको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेदेखि नै त्यहाँको इन्टरनेट सेवा काटिएको हो । पछिल्लो तथ्याङ्क अनुसार इरानी नागरिक ६७२ घण्टाभन्दा बढी समयदेखि विश्वव्यापी सञ्जालबाट पूर्ण रूपमा विमुख भएका छन् । नेटब्लक्सको ग्राफले इरानको इन्टरनेट कनेक्टिभिटी ...
: इरानले अमेरिका र इजरायलले आफ्ना नागरिक संरचना र केन्द्रहरूमा निरन्तर आक्रमण जारी राखेको आरोप लगाएको छ। इजरायलले इरानका दुई ठुला स्टिल कारखाना, एउटा पावर प्लान्ट र नागरिक आणविक क्षेत्र (सिभिलियन न्युक्लियर साइट्स) लगायतका संरचनाहरूमा हमला गरेको इरानी विदेशमन्त्री अब्बास अरागचीले बताएका छन् । अरागचीले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, 'इजरायलले यो हमला अमेरिकाको सहयोगमा ...
: मध्यपूर्वमा जारी युद्धमा नयाँ र गम्भिर मोड आएको छ। इरान समर्थित यमनी विद्रोही समूह हुथीले पहिलो पटक इजरायलमाथि ब्यालिस्टिक मिसाइल प्रहार गरेको आधिकारिक घोषणा गरेको छ। यो आक्रमणसँगै हुथी विद्रोहीहरू अब औपचारिक रूपमा इजरायल र इरानबीचको युद्धमा सामेल भएका छन्। शनिबार बिहान हुथी समूहका सैन्य प्रवक्ता याह्या सारीले एक टेलिभिजन सम्बोधनमार्फत इजरायलको दक्षिणी क्षेत्रमा रहेका ...
। इरानले साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा गरेको आक्रमणमा परी १२ अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी मिडियाले एयरबेसमा भएको इरानी हमलामा घाइते भएका अमेरिकी सैनिको संख्या १२ पुगेको जनाएका छन् । यसअघि हमलामा १० सैनिक घाइते भएका बताइएको थियो । बीबीसीको अमेरिकी साझेदार ‘सीबीएस न्युज’ ले घाइतेमध्ये दुई सैनिकको अवस्था गम्भीर रहेको बताएको छ । ‘वाल ...