। सरकारले दलित तथा ऐतिहासिक रुपमा बहिष्कृत समुदायसँग औपचारिक क्षमायाचना माग्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदबाट शुक्रबार स्वीकृत शासकीय सुधारका एक सय सूचीमा दलित समुदायसँग माफी माग्ने निर्णय उल्लेख छ । औपचारिक माफी सँगै मेलमिलापको आधार तयार पार्न सुधारका कार्यक्रम समेत घोषणा गरिने भएको छ ।
‘दलित तथा ऐतिहासिक रुपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेद र अवसरवञ्चनाको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचना सहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने,’ कार्यसूचीमा भनिएको छ ।