मुख्य समाचार
प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त
प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त

— प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्को बैठकले बेन र शाहलाई सल्लाहकारमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चैत १३ मा बसेको बैठकले बेन र शाहलाई प्रमुख सल्लाहकार र राजनीतिक सल्लाहकार नियुक्त गरेको हो ।

प्रमुख सल्लाहकारमा नियुक्त बेन प्रधानमन्त्री शाहका यअघिदेखिकै सहयोगी हुन् । काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखि नै बेनले शाहलाई सहयोग गर्दै आएका थिए । यसपटकको चुनावी अभियानमा पनि शाहको साथमै थिए ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त असीम शाह रास्वपाका पूर्वसांसद हुन् । उनी २०७९ को चुनावमा रास्वपाका सांसद बनेका थिए । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच सँगै राजनीतिक यात्रा गर्ने छलफल असीम शाहको घरमा भएको थियो ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने आईटी सल्लाहकारमा विवेक मिश्र नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं पेस गरिएको छ । जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार उनलाई केहीबेर अघि अदालत पेस गरिएको छ । आइतबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । जेन-जी आन्दोलनका क्रममा उनको घर जल्दा पैसा जलेको भिडियो सार्वजनिक भएको ...
: गृहमन्त्री सुधन गुरुङले मनसुन पूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । आइतबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सवै प्रकारका तयारी गर्न निर्देशन दिएका हुन् । सो क्रममा प्राधिकरणका अधिकारीहरुले विपद् जोखिम न्यूनीकरणका लागि भएका स्रोत ...
— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटलाई पूर्ण (तीन न्यायाधीश)को इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । सोमबारबाट सुरु ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। पार्टी कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने कुरा आफूले संसदमा पनि बोलेको बताए। 'हामीले भनेकै कुरा हो। मैले पार्लियामेन्ट पनि यस विषयमा बोलेको छु। पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्नुपर्ने हामीले भनेकै कुरा हो,' सञ्चारकर्मीको प्रश्नमा उनले ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन भएका छन् । आज बसेको नेकपा संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । ‘संसदीय दलको बैठकले संयोजकलाई नेताको रुपमा चयन गरेको छ,’ दाहालका स्वकीय सचिव गोविन्द आचार्यले भने । बैठकमा दाहालले नेकपाले संसदमा जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने बताए । नेकपाले प्रतिनिधिसभा ...