मुख्य समाचार
अमेरिकामा इरान युद्ध र मुल्यवृद्धिको विरोधमा हजारौं जनता सडकमा
अमेरिकामा इरान युद्ध र मुल्यवृद्धिको विरोधमा हजारौं जनता सडकमा

— अमेरिकामा इरान युद्ध र मुल्यवृद्धिको विरोधमा आयोजना गरिएको प्रदर्शनमा हजारौं जनता सहभागी भएका छन् । सामाजिक अभियान 'नो किङ्ग्स' ले आयोजना गरेको यस विरोध र्‍यालीलाई साथ दिदैं ३ हजार स्थानमा प्रदर्शन भयो ।

सहभागीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन विरोधी नीतिको कडा विरोध गरेका थिए । लस एन्जलस, न्युयोर्क, वासिङटन डिसीलगायत ठूला शहरसँगै साना गाउँहरूमा पनि मानिसले विरोध प्रदर्शन गरे ।

मिनियापोलिसमा दशौं हजार सडकमा

मिन्नेसोटाको मिनियापोलिस शहरमा भएको र्‍यालीमा सहभागी दशौँ हजार प्रदर्शनकारीहरूले ट्रम्पको कडा आप्रवासन नीतिको विरोध गरे । केही महिनाअघि यहाँ संघीय इग्रिमेशन एजेन्टहरुको विरोधमा प्रदर्शन भएको थियो ।

जनवरीमा एजेन्टहरुले विवादास्पद छापा मार्ने क्रममा गोली चलाउँदा दुई अमेरिकी नागरिक रेनी गुड र एलेक्स प्रिटीको मृत्यु भएको थियो । उक्त घटनाले ट्रम्पको आप्रवासन नीति विरुद्ध व्यापक आक्रोश जन्माएको थियो ।

गत वर्षदेखि आम नागरिकको पहलमा सुरु भएको ‘नो किङ्ग्स’ आन्दोलन अन्तर्गत यो तेस्रो ठूलो प्रदर्शन हो, जसले ट्रम्पको नेतृत्व शैली र दक्षिणपन्थी एजेन्डाप्रति असहमति जनाउँदै आएको छ ।

प्रदर्शनमा सहभागीहरूले ‘कुनै राजा छैन, कुनै आइस छैन, कुनै युद्ध छैन !’ जस्ता नाराहरू घन्काएका थिए, जसले आप्रवासन कार्यान्वयन निकाय ‘आइस’ (आइसिई) विरुद्धको असन्तोषलाई समेत प्रस्ट पारेको थियो ।

कार्यक्रमको सांस्कृतिक पक्ष पनि प्रभावशाली देखिएको थियो । चर्चित सङ्गीतकार ब्रुस स्प्रिङ्गस्टीनले छिमेकी सेन्ट पल सहरमा आयोजित कार्यक्रममा प्रस्तुति दिँदै ‘स्ट्रिट्स अफ मिनियापोलिस’ गीतमार्फत मृतक गुड र प्रिटीप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

र्‍यालीमा सहभागी ७३ वर्षीया पामेला सिन्नेसले आफू सबै मानिसहरूको समान अधिकारको पक्षमा उभिन आएको बताइन् ।

राजनीतिक नेतृत्वले पनि विरोधमा स्वर मिलाएको देखिएको छ । मिनेसोटाका गभर्नर टिम वाल्जले प्रदर्शनकारीहरूलाई धन्यवाद दिँदै ट्रम्पको आलोचना गरेका छन् ।

त्यस्तै, वामपन्थी नेता बर्नी स्यान्डर्सले प्रदर्शनकारीलाई सम्बोधन गर्दै ट्रम्पमाथि संविधान र कानूनी शासनको अवमूल्यन गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...