मुख्य समाचार
कांग्रेसले आफ्ना समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने नयाँ प्रावधानबारे सांसदहरुलाई सुसूचित
कांग्रेसले आफ्ना समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने नयाँ प्रावधानबारे सांसदहरुलाई सुसूचित

— कांग्रेसले आफ्ना समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने नयाँ प्रावधानबारे सांसदहरुलाई सुसूचित गरेको छ l

`संसदीय सचेतना कार्यक्रम´ मा उपसभापति विश्वप्रकाश शर्माले पार्टी विधानमा रहेकोे यस्तो व्यवस्थाबारे स्मरण गराएका हुन् । सो क्रममा उनले विशेष महाधिवेशनबाट परिमार्जित विधानको दफा ४० पढेर सुनाए l सो दफामा कांग्रेसको संसदीय दलसम्बन्धी व्यवस्था छ l जसमा चारवटा उपदफा छन् l

चौथो उपदफापछिको स्पष्टीकरण खण्डमा भनिएको छ- 'पार्टीका तर्फबाट उम्मेदवार भई समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य भएको संसदीय जिम्मेवारीलाई प्रभावकारी र जवाफदेही बनाउन- निजले प्रचलित कानुन विपरीत काम गरेमा, पार्टीको निर्देशन र मूल्यमान्यता विपरीत काम गरेमा, कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नदेखिएमा समानुपातिक सांसदलाई पार्टीले जुनसुकै बेला फिर्ता बोलाउन सक्नेछ l'

उक्त व्यवस्था कार्यान्वयनका लागि पार्टीले सांसदहरु समेतको सुझाव माथेर चाँडै निर्देशिका बनाउने पनि `संसदीय सचेतना कार्यक्रम´ मा उपसभापति शर्माले जानकारी दिए l

कांग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिएको हो ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं पेस गरिएको छ । जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार उनलाई केहीबेर अघि अदालत पेस गरिएको छ । आइतबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । जेन-जी आन्दोलनका क्रममा उनको घर जल्दा पैसा जलेको भिडियो सार्वजनिक भएको ...
: गृहमन्त्री सुधन गुरुङले मनसुन पूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । आइतबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सवै प्रकारका तयारी गर्न निर्देशन दिएका हुन् । सो क्रममा प्राधिकरणका अधिकारीहरुले विपद् जोखिम न्यूनीकरणका लागि भएका स्रोत ...
— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटलाई पूर्ण (तीन न्यायाधीश)को इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । सोमबारबाट सुरु ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। पार्टी कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने कुरा आफूले संसदमा पनि बोलेको बताए। 'हामीले भनेकै कुरा हो। मैले पार्लियामेन्ट पनि यस विषयमा बोलेको छु। पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्नुपर्ने हामीले भनेकै कुरा हो,' सञ्चारकर्मीको प्रश्नमा उनले ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन भएका छन् । आज बसेको नेकपा संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । ‘संसदीय दलको बैठकले संयोजकलाई नेताको रुपमा चयन गरेको छ,’ दाहालका स्वकीय सचिव गोविन्द आचार्यले भने । बैठकमा दाहालले नेकपाले संसदमा जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने बताए । नेकपाले प्रतिनिधिसभा ...