मुख्य समाचार
क्षयरोग नियन्त्रण अभियान
क्षयरोग नियन्त्रण अभियान

— सन् २०३५ सम्म नेपाललाई क्षयरोगमुक्त बनाउन सरकारले थालेको कार्ययोजना अनुसार क्षयरोग नियन्त्रणका लागि प्रत्येक वर्ष स्वास्थ्य सेवा कार्यालय, स्थानीय तह र संघसंस्थाहरुले सचेतनामूलकलगायत विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

जिल्लामा सामूहिक रुपमा क्षयरोग पहिचान र उपचारका लागि ५८ स्थानमा डट्स सेन्टर, ५ स्थानमा डिएमसी सेवा र जिल्ला अस्पतालमा एक जना विज्ञले सेवा दिइरहेका छन् । कपुरकोट गाउँपालिका र शारदा नगरपालिकामा ‘टिबी फ्रि’ कार्यक्रम नै संचालन गरिएको छ । विश्व क्षयरोग दिवका अवसर पारेर प्रत्येक वर्ष परीक्षण शिविर संचालन पनि हुने गरेको छ ।

स्वास्थ्य सेवा कार्यालय, स्थानीय तह र संघसंस्थाहरुले क्षयरोग निवारणका लागि विभिन्न किसिमका सेवा दिँदै आए पनि स्वास्थ्य सम्बन्धी सचेतनाको अभावका साथै विरामीले रोग लुकाउने प्रवृतिले नियन्त्रणमा आउन सकेको छैन ।

स्वास्थ्य सेवा कार्यालय सल्यान, स्थानीय तह र विराट नेपाल मेडिकल ट्रष्टले विभिन्न कार्यक्रम गर्ने मात्र नभई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गराउँदै आएका छन् । तर रोग नियन्त्रणमा आउने भन्दा बढ्दै गएको छ । सीमित क्षेक्रमा हुने कार्यत्रम तथा शिविरले दुर्गमका बासिन्दा सचेतनाबाट बन्चित हुने मात्र नभई अवस्था गम्भीर नहुँदासम्म उपचारका लागि अस्पताल नजाने गर्दा कार्यक्रमको प्रभाव नपरेको स्थानीयको गुनासो छ ।

विरामीले सावधानी नअपनाउँदा र सामूहिक रुपमा घुलमिल गर्दा परिवारका सदस्य र अन्यमा रोग सर्ने जोखिम बढ्ने गरेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १७६, २०७८/०७९ मा २६१, २०७९/०८० मा २४६, २०८०/०८१ मा २६३ र २०८१/०८२ मा २७१ जना क्षयरोगका बिरामी फेला परेका थिए ।

चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म मात्रै १४३ जना बिरामी पहिचान भइसकेका छन् । सल्यानमा ६ वर्षको अवधिमा १ हजार ३६० जना क्षयरोगका विरामी पहिचान भएकामा हालसम्म ४६ जनाले ज्यान गुमाइसकेका छन् । क्षय संक्रमणका कारण मृत्यु भएका सबै ६० वर्ष माथिका हुन् । गत वर्षको तथ्यांक हेर्दा जिल्लाका १० स्थानीय तहमा सबैभन्दा बढी ५१ जना विरामी छत्रेश्वरी गाउँपालिकामा भेटिएका थिए । दोस्रोमा कपुरकोट गाउँपालिका र तेस्रोमा शारदा नगरपालिकामा थिए ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी तथा क्षयरोग फोकल पर्सन थलराज डिसीले जिल्लाका सबै पालिकामा विभिन्न कार्यक्रम संचालनसँगै खोजपड्ताल बढेपछि धमाधम नयाँ रोगी भेटिएको बताए । क्षयरोग लागेको एक व्यक्तिले १० जनासम्मलाई रोग सार्न सक्ने भएकाले पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको उनले बताए । उनका अनुसार क्षयरोग उपचार सेवा सल्यानमा प्रभावकारी देखिएको छ । गत वर्षमा उपचार सफलता दर ९४ प्रतिशत पुगेको थियो ।

जिल्ला अस्पतालदेखि अन्य स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गराउँदै आए पनि केहीले बीचमै छाड्ने गरेको उनले बताए । बीचमै औषधि छाडेका व्यक्तिले अन्य मानिससँग घुलमिल हुँदा जोखिम हुने उनले सुनाए ।

केही वर्षयता नेपाल सरकारसँग सहकार्य गरेर सल्यानमा क्षयरोग निवारणका लागि काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रष्टका कार्यक्रम प्रमुख भरत चन्दले पर्याप्त बजेटको अभावमा सीमित स्थानमा मात्र काम गर्नुपर्ने बाध्यता रहेको बताए । समाजमा अपहेलित हुने डरले रोग लुकाउने र अन्तिम अवस्थामा मात्र अस्पताल जाने समस्याले गर्दा क्षयरोग नियन्त्रण कार्यत्रम प्रभावकारी नभएको जस्तो देखिएको उनले बताए ।

रोग लुकाएर बसेकाको खोजी गर्दै औषधि सेवन गराइँदै आएको उनले बताए । भारतलगायत देशका विभिन्न जिल्लामा लामो समय बसेर मजदुरी गरी घर फर्केकाहरुले लक्षण देखिए पनि तत्काल परीक्षण नगराउँदा केही समस्या देखिएको उनको भनाई छ ।

‘टिबी फ्री’ पालिका कार्यक्रम लागु भएको कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालले रोगी पत्ता लगाउँदै उपचार गर्दै आए पनि लक्षण देखिएकाहरु सामूहिक रुपमा घुमफिर गर्दा रोग नियन्त्रणमा चुनौती थपिएको बताए । लक्षण देखिएकाहरु सामान्य अवस्थामा उपचारका लागि सम्बन्धित निकायमा नपुग्ने र अन्तिम अवस्थामा जाने गर्दा विरामी व्यक्तिले परिवारका सदस्य मात्र नभई अन्यलाई सार्ने समस्या बढी देखिएको उनले बताए । ‘नियमित औषधि सेवन गरे क्षयरोग पूर्ण रुपमा निको हुन्छ । तर केही विरामीले बेवास्ता गर्दै आएका छन् । उपचारमा बेवास्ता गर्नेले ज्यान गुमाइरहेका छन्,’ उनले भने । अहिलेसम्म सबैभन्दा बढी क्षयरोग संक्रमित भेटिएको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले क्षयरोगको औषधि बीचैमा छाडेका गत वर्ष तीन र यो वर्ष एक जनाले ज्यान गुमाएको बताए ।

स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवन गरेका सबै जना निको भएको उनले बताए । ‘पालिकामा पर्याप्त बजेटको अझावमा सबै बस्तीमा गएर सचेतनामूलक कार्यक्रम र शिविर संचालन गर्न सकिएको छैन । बस्तीमा कार्यत्रम गर्न सके क्षयरोगबाट हुने मृत्यु शून्यमा झार्न सकिन्थ्यो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...
। कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजेतिर घर नजिकै चट्याङ परेको थियो । चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भूमि सम्बन्धी समस्या समाधान गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले अहिलेसम्म सरकारले ५,७३७ लालपुर्जा वितरण गरिसकेको उल्लेख गरेका छन्। विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको प्रधानमन्त्री शाहको भनाइ छ। ‘यो सुरुवात हो। ...